काठमाडौं । गृह मन्त्रालयले पृथ्वी जयन्ती (पुस २७ गते) को दिन सार्वजनिक विदा दिने निर्णय भएको औपचारिक जानकारी गराएको छ ।मन्त्रालयले आज सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय यही पुस २५ गते गरेको थियो ।