म्याग्दे – १
व्यास ५, भुपु टोल निवासी मन कुमार प्रधान ‘हरि’ ले म्याग्दे गाँउपालिका वडा नं १ मा रहेको कुलज्योती प्रावि लाई विद्यालयको ५१ औ अभिभावक दिवस एवं २२ औ वार्षिकोत्सवको अवसर पारेर स्मार्ट टिभि सहयोग गरेका छन् । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष निरमाया सुनारलाई हरिले ३२ ईन्चको स्मार्ट टिभि प्रदान गरेका हुन् । विद्यालयमा वालवालिकालाई शिक्षामा सहयोग होस भन्ने हेतुले सहयोग गरिएको मन कुमार प्रधान ‘हरि’ ले वताए । डिजिटल युगमा विद्यार्थीको पढाईलाई केही सहज होस भनेर सहयोग गरेको हुँ, हरिले वताए ।
व्यवस्थापन समितीका अध्यक्ष निरमाया सुनारले हरिले गरेको कार्यले विद्यालयलाई धेरै सहयोग पुगेको वताए । भौतिक साधनको अभावले विद्यार्थीमा शिक्षामा परेको सन्र्दभमा टेलिभिजनको सहयोगले पढाईको गुणस्तरमा सुधार हुने विश्वास गरे । यसैगरि विद्यालयका प्रधानाध्यापक पदम कुमार श्रेष्ठले स्मार्ट टिभिको सहयोगले अव टेलिभिजनवाट नै विद्यार्थीले अध्ययन गर्न सक्ने वताए । डिजिटल युगमा प्रविधिको प्रयोग महत्वपुर्ण हुने रहेछ, जसले गर्दा विद्यार्थीको प्रविधिप्रति को क्षमता विकास हुने विश्वास व्यक्त गरे । कार्यक्रममा म्याग्दे १ को वडा सदस्य मीन वहादुर गुरुङ्ग, टोल विकास संस्थाको अध्यक्ष राजु गुरुङ्ग, जलदेवी युवा क्लवका अध्यक्ष मदन गुरुङ्ग, विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु लगायत स्थानिय व्यक्तिहरुको उपस्थिती रहेको थियो ।