व्यास नगरपालिका १स्थित निर्मल माध्यमिक विद्यालयमा विद्यालयसंग सरोकारवालाहरुसंगको अन्तरक्रिया सम्पन्न भएको छ । सोमवार भएकाे उत कायकममा बाेल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तम बहादुर दरैले विद्यालयले भौतिक विकासमा अकल्पनिय विकास गरेको र अन्य शैक्षिक गतिविधिमा समेत सकरात्मक परिवर्तन भएको जानकारी दिए ।कार्यक्रममा शिक्षक अभिभावक संघका अध्याक्ष हरिशरण खनालले विद्यालयलाई सकरात्मक विकासको लागि हामी जस्तोसुकै कार्य गर्न पनि तयार रहेको बताएका थिए।
विद्यार्थीहरुलाई सहज रुपमा विद्यालय आउन जानका लागि आवश्यक वातावरण निर्माण गर्नु पर्ने, विद्यालयमा अध्यापन गराउने शिक्षकहरुले आफ्ना छोराछोरीहरुलाई यसै विद्यालयमा पठन पाठन गराउनुपर्ने, सेवा क्षेत्र भित्र रहेका टोल र आमा समूहका भेलाहरुमा विद्यालयको प्रतिनिधी अनिवार्य उपस्थित गराउनुपर्ने प्रतिनिधिहरूले बताए। विद्यालयको मुल गेट आकर्षण हुनुपर्ने र शैक्षिक प्रक्रियालाई प्रभावकारी वनाउनु पर्ने शिक्षक दिपक पन्थले जनाकारी दिए।
आगामी वशन्त पञ्चमीको अवसरमा प्रारम्भिक वाल विकासमा तथा शैक्षिक सत्र २०८० का लागि विद्यार्थी अभियानको लागि विभिन्न टोलहरुमा भर्ना अभियानलाई प्रभावकारी बनाउन सम्पुर्ण सरोकारवालाहरु संग सहयोग माग्दै विद्यालयका प्र. अ. गणेश चन्द्र बस्नेतले विद्यालयको वर्तमान तथा भवि योजनाको संक्षिप्त जानकारी दिएका थिए।
कार्यक्रममा व्यास नगरपालिका वडा नं. १ तथा विद्यालयको क्षेत्र भित्र पर्ने टोल समितिका अध्यक्षहरु एवं प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक लोक राज सेढाईले संचालन गरेका थिए ।