महिला उद्ममी संघ नेपाल तनहुँको दोस्रो साधारण सभा निर्मला मल्लको अध्यक्षमा सम्पन भएको छ । सोमबार भएको उक्त साधारण सभा उद्वघाटन गर्दै महिला उद्ममी संघ नेपालकी अध्याक्ष निरू रायमाझी खत्रीले महिला उद्ममी व्यासायीक संगठनात्मक गराई अगाडी बढाउन महिला उद्ममी तनहुँ सकृय रहेको बताइन् । तनहुँ उद्ममी महिलाहरुले उदाहरणय काम गरेको सबै उद्ममीहरुको प्रणाको स्रोत समेत बनेको खत्रीले बताइन् । महिला उद्ममी महासंघ गण्डकी प्रदेश संयोजक पावती पौडेल रेग्मीले महिलाहरूले स्थानीय श्रोत र साधनलाई परिचालन गरेर आफ्नो घरधनदा ,पारिवारिक जिम्मेवारी , सामाजिक ,धामिक एवं साँस्कृतिक मुल्य मन्यतालाई कायम राखेर चुलो चौको देखि कलकारखाना सम्म आफनो मेहेनत र परिश्रमका लागि अगि बढनुपर्ने जोड दिएकी थिईन् ।कार्यक्रममा निर्वतमान अध्यक्ष मानकाजी श्रेष्ठले तनहुँ महिला उद्ममी ले धेरै राम्रो काम गरेको उद्मोग वाणिाज्य संघ सधै साथ रहने कुरा बताए।
साथै पुर्व अध्यक्ष तनहुँ उ वा संघ मंगलपसाद श्रेष्ठले महिला उद्ममीले महिलाहरूलाई रोजगारी समस्यलाई न्यून गदै स्वरोजगार सिर्जना गरि ग्रामीण क्षेत्रमा उत्पादन वस्तुमा आधारित उधामशिलताको विकास गर्न अगाडि बढ्दै गरेको बताए । कार्यक्रमा बन्दिपुर महिला उद्ममी कार्य समिति गठन भएको छ । नयाँ काय समितिका पदकारीलाई महिला उद्ममी संघ नेपाल तनहुँकी अध्यक्षले मल्लले प्रमाण पत्र समेत बितरण गरेकी थिइन् । उक्त कार्यक्रमा पत्रकार पुण वि कलाई सम्मान गर्दै पत्रकारलाई मायाको चिनो समेत प्रधान गरिएको थियो ।