पाँचौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव भोलीबाट सुरु हुन लागेको छ । माघ ३ गते सम्म हुने महोत्सवको काम ९५प्रतिशत पुरा भइसकेको अध्यक्ष सुजित हिराचनले बताएका छन् । महोत्सवमा विभिन्न जाती घरहरु निर्माण गरिएको छ । स्टलको काम सम्पुर्ण तयारी भईसकेको स्टल संयोजक कविराज श्रेष्ठले जनाकारी दिए । महोत्सवमा विभिन्न दुई सय भन्दा बढी स्टलहरु रहने छन् ।जिल्लाभर रहेका विभिन्न साँस्कृतिक जल्किने भेषभुषा सहित फोटो खिच्न र टिकटक पार्क रहेको जिल्ला समन्वय परिषदका उपाध्यक्ष नन्दु थापाले बताए । अमुल्य भाषा, संस्कृतिको संरक्षण गरौ संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौ भन्ने महोत्सवको मुल नारा रहेको छ । विज्ञान तथा कृषि प्रर्दशनी,झाँकी सहित प्रभावफेरी,स्थानिय तथा राष्ट्रिय कलाकारको साथमा मनोरन्जनात्मक तथा साहित्यक सम्मेलन, वाजा गाजा, मौलिक सास्कृतिक कार्यक्रम, विभिन्न नाच, अन्य धरै प्ररर्दशनी रहने छ । महोत्सवमा ३ लाख दर्शाकले अवलोकन गर्ने अनुमान गरिएको छ । ३ करोडको आर्थिक कारोबार हुने अयोजकले अनुमान गरेको छ । उक्त महोत्सवको उद्धघाटन नेपाली काँग्रेस केन्दिय सदस्य शंकर भण्डारीले गर्ने छन् ।