म्याग्दे, तनहुँ
म्याग्दे गाँउपालिकाले भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण सम्पन्न गरेको छ । कार्यक्रमको पहिलो दिन म्याग्दे गाँउपालिका वडा नं १ वाट शुरु भई वडा नं ७ मा पुगेर सम्पन्न भएको हो । वडा नं ७ को वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा शुरु भएको कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ट अतिथीमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे रहनुभएको थियो । वडा नं ७ मा अव्यवस्थित वसोवासीमा १३८ जना, भुमिहिन सुुकुम्वासी ६ जना, भुमिहिन दलित १६ जना गरि कुल १६० जनालाई निस्सा वितरण गरिएको छ । यस सँगै म्याग्दे गाँउपालिका भरी कुल अव्यवस्थित वसोवासीमा ११५३ जना, भुमिहिन सुुकुम्वासी ६५ जना, भुमिहिन दलित ८५ जनाले निस्सा प्राप्त गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सुकुम्वासीको समस्या राज्यको दायित्व भएको हुदाँ जुन सरकार आएपनि काम जहाँ पुगेको छ, त्यहिवाट शुरु हुने वताउनुभयो । ओली सरकारको पालमा गठित आयोगले गरेको कामले नै यहाँसम्म आईपुगेको हुदाँ सरकारले ढिलो चाँडो यसको समाधान गर्ने वताउनुभयो ।
विगतमा सुकुम्वासीको नाममा हुकुमवासीले जग्गा प्राप्त गरेको हुदाँ त्यसो नगर्न र आम जनतालाई भुमिसँगको अधिकार दिलाउनका लागी सवैले सहायोग गर्नुपर्ने वताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जग्गा प्राप्तिको लागी यो निस्सा वितरण केही नभएको तर यो नै सवै भएको वताउनुभयो । यसैको आधारमा जग्गा प्राप्तिको प्रक्रिया अगाडी वढ्ने हुदाँ सरकार परिवर्तनले यो काममा केही असर नगर्ने वताउनुभयो । निस्सा वितरणका शुरुवात पहिला नै गर्न लागिएको भएता पनि निर्वाचनका कारण रोकिएको हुदाँ ढिलो भएको हुदाँ यहि निस्सा वितरणको आधारमा नै काम अगाडी वढ्ने र जग्गाको नाँपजाँचको काम शुरु हुने वताए । लगत संकलन कार्यविधिीको अनुसूचि ३ र ४ वमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ वमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।