तनहुँको दमौलीमा करदाता शिक्षा कार्यक्रम सम्पन भएको छ । आन्तरिक राजश्व कार्यलय दमौली र तनहुँ उद्योग वाणिय संघ दमौलीको सहकार्यमा सोमबार करदाता शिक्षा तथा अन्तरक्रिय कार्यक्रम भएको हो । तनहुँ उद्योग वाणिय संघका अध्याक्ष पविन्द्र कुमार श्रेष्ठले करदाता शिक्षा व्यासहिकलाई महव्तपुर्ण रहेको बताएका थिए । कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका प्रमुख डमरु प्रसाद पराजुलीले करदाता शिक्षाले लागत खर्च कम गर्न सक्ने बताए । राजश्व कार्यलयबाट प्रदान गरिने छुट , सहुलियत तथा सुविधाबाट सबै लाभाविन्त हुनु पर्ने पराजुलीको भनाई रहेको थियो । राजश्व कार्यलयका कर अधिकृत टिकाराम पौडेले पावरपोइन्टबाट प्रशिक्षण गरेका थिए । उक्त कार्यक्रममा ७५ जना भन्दा बढि व्यावसायीहरुको उपस्थित रहेको थियो ।