४६ क्यूफिट काठ सहित चालकलाई भिमाद प्रहरीले पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका– १० मा धारापानीबाट भिमाद चिसापानी तर्फ जाँदै गरेको ग १ त ५७७२ नंम्बरको ट्रयाक्टर काठ सहित बरामद गरेको हो । पक्राउ पर्नेमा ट्रयाक्टर चालक शुक्लागण्डकी नगरपालिका–८ बस्ने ३२ बर्षीय बासु कुमाल रहेका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जनाकारी दिएका छन् । नचिरेको डोलो सालको काठ फेला परेकोले उक्त काठ बरामद गरी काठ सहित चालक कुमाललाई सबडिभिजन बन कार्यालय भिमाद तनहुँमा बुझाएको छ ।