सरकारले हरेक नेपालीलाई भुमिको अधिकार दिलाउने गरि देशभर अव्यवस्थित वसोवासी, भुमिहिन सुकुम्वासी र भुमिहिन दलितको लगत संकलन गरि निस्सा वितरण गरिरहेको छ । म्याग्दे गाँउपालिका वडा नं ४ निवासी कल्पना नेपाली भने भुमिहिन दलितको निस्सा प्राप्त गरेपछि खुशीले गद्गद वनिन् । भुमिको नाममा कहि कतै केही नभएको नेपाली भने भुमिहिन दलितको निस्सा लिदै खुशी भईन । लाग्थ्यो, निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो । पाएको निस्सा देखाउँदै कुनै दिन अवश्य पनि राज्यले जग्गा दिनेछ र मेरो पनि जग्गा जमिन हुनेछ, नेपालीले भनिन् । हुनेहरुका लागी केही नभएता पनि मेरो लागी भने यो नै जीवन हो । किन्न नसक्ने अवस्था र आफनो जग्गा नहुँदा समाजले हेर्ने दृष्टिकोणले हेपिएका नेपाली अव भने धेरै राहत पाएको वताईन । श्रीमानले अर्को श्रीमति लिएर वास्ता नगरेको कल्पना निस्सा पाएपछि पुलंकित वनेकी छिन् ।
नेपालीले अहिले दैनिक ज्यालादारी गरेर जीवन यापन गरिरहेकी छिन् । म्याग्दे गाँउपालिकाले अव्यवस्थित वसोवासी, भुमिहिन सुकुम्वासी र भुमिहिन दलितको निस्सा वितरण गरिरहेको छ । सो सन्र्दभमा निस्सा पाएपछि भुमिहिन सुकुम्वासीको निस्सा पाएपछि जुना थापा पनि खुशी भईन् । आफनो भन्ने केही छैन, अव यो निस्सा नै हाम्रो आधार वनेको छ । श्रीमान र छोरा भएर पनि कमाउन नसकेर जग्गा जोड्न सकेको थिईन, यो निस्साले वल दिएको छ, जुनाले भनिन् । दैनिकी ज्यालादारी गरेर हातमुख जोडेका छौ, थापाले भनिन् । भुमिहिन दलित ५ जना, सुकुम्वासी ३ जना र अव्यवस्थित वसोवासी २९ जना गरि कुल ३७ जनालाई म्याग्दे ४ ले निस्सा वितरण गरेको छ ।वडाध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, भुमि आयोग तनहुँका सदस्य श्रीराम कार्की, कार्यपालिका सदस्य वद्रिका घिमिरेले निस्सा वितरण गरेका थिए ।