कोशिश नेपालको आयोजनामा मानसिक स्वास्थ्य सचेतना मुलक सडक नाटक दमौलीमा प्रस्तुत गरिएको छ । मञ्जरी नाट्क समूहको प्रस्तुतिमा मानसिक स्वास्थ्यबारे सचेतनामुलक सडक नाटक प्रदशन् गरिएको हो । तनहुँको व्यास नगरपालिका वडा नं ३ स्थित खुल्ला मैदानमा उत नाटक प्रश्तुत गरेको थियो ।

सबैको लागि मानसिक स्वास्थ्य भने मुल नारा सहित पुस ८ र ९ गते नाटक प्रस्तुत गरिने आयोजकले बताएका छन्। कार्यक्रममा बोल्दै कोशिश परियोजना संम्याेजक महेन्द आचार्यले मानसिक रोगलाई समयमा ध्यान पुर्याउनको लागि स्थानीय र प्रदेश सरकारलाई सचेत गर्नुपर्ने बताएका थिए ।

उनले मानसिक रोगलाई सामान्य रूपमा नलिन सबैलाई अग्राह समेत गरेका थिए । मानसिक रोगले पछि परिवारमा ठुलो समस्य समेत निम्ताउन सक्ने र यसको लागि परामर्श महत्त्वपूर्ण रहेको आचार्यले बताएका थिए । सचेतना मुलक सडक नाटक तनहुँको भिमाद र बन्दिपुरमा पनि प्रस्तुत गरिने मञ्जरी नाट्क समूहले जानकारी दिएको छ ।