आजबाट व्यास नगरपालिकाले विद्युतीय कर भुक्तानी (ई–पेमेन्ट) सेवाको शुभारम्भ भएको छ । बिहिवार नगरपालिकाले कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरिएको हो ।नगरप्रमुख बैकुण्ठ न्यौपानेले नयाँ प्रविधि मार्फत आफ्नो कर भुक्तानी गरेर शुभारम्भ गरेका थिए । प्रशासकीय अधिकृत हरि नगिलाले सेवाप्रवाहलाई अझ सहज, छरितो र बनाउँदै नगरपालिकालाई सेवाकेन्द्रका रुपमा विकास गरिएको बताएका थिए । नगरपालिकाले (इ सेवा ,खल्ती, आइयमी ) यपबाट जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ। उक्त कार्यक्रमा वडाका अध्याक्ष तथा प्रतिनिधिको उपस्थित रहेको थियो ।