तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले ६ महिनाको कार्य सम्पादन संम्बन्धी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जनप्रतिनिधिले कार्यभार सम्हालेको ६ महिना पूरा भएपछि हालसम्मका कार्यसम्पादन र अगामी योजनाका बारेमा जानकारी दिन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन । सो अवसरमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकिकृत घुम्ती शिविर मार्फत पहिलो र दोस्रो चरणामा गरी एघार हजार नौ सय नौ जनालाई सेवा प्रदान गरिएको बताए ।
सो अवसरमा बोल्दै वडा नं ६ र ७ को वडा कार्यलय पालिका सहित सबै भवन निर्माण कार्य सम्पन्न भएको उनले बताए ।
तेस्तै १० शैयाको थर्पु आधारभुत अस्पताल १० करोडको लगानीमा निर्माणाधिन अवस्थामा रहेको १ ढलान निर्माण कार्य सम्पन्न भएको श्रेष्ठले बताएका छन् ।
उनले किल्चोक सामुदायिक स्वास्थ्य ईकाइको लागि जग्गा दाता बाट जग्गा पास भएको यस भवन निर्माणको लागि बजेट रु १५००००० विनियोजन भएको र यसै आर्थिक बर्षबाट निर्माण कार्य शुरु गरिएको बताएका छन् ।
कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले वडाका नागरिकको चाहना व्यापक रहेपनि गाउँपालिकाको स्रोत साधन सीमित हँुदा क्रमिक रुपले काम गर्दै जाने योजना रहेको बताए । घिमिरेले अध्यक्ष र उपाध्यक्षसंग युवा स्वरोजगार कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिएको र सुत्केरी , गरिब र विपन वर्गहरुलाई निशुल्क एबुलेन्स सेवा प्रदान गरिएको बताएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले भूमी बर्गीकरणमा पारदर्शि तरिकाले काम गर्दै आएको बताए । गाउँपालिका कार्यालयले १८ चरणमा भूमि बर्गिकरण गर्न सफल भएको उनले बताए । डिजिटल नक्सा सहित प्रत्येक घर घरमा पुगेर तथ्याङ्ग संकलन गरेर भूमि बर्गीकरण कार्यमा नमुना कार्य प्रस्तुत गर्न सफल भएको उनले बताए । पालिकासंग भूमी बर्गीकरणमाको तथ्याङक सिङगो बुक नै रहेको बताएका छन् ।