तनहुँ । भानुपालिका वडा नं १२ स्थित मिर्लुङकोटमा मिर्लुङकोट मुक्तिनाथ कृषि सहकारी संस्था’ स्थापना गरिएको छ । स्थानीय कृषकलाई कृषि उत्पादनमा केन्द्रित गर्न सहकारी स्थापना गरिएको हो । कृषि पेशामा आबद्ध कृषकको लागतमा कमि ल्याई कृषि उत्पादन बढाउनका लागि सहकारीले भूमिका निर्वाह गर्ने बताइएको छ । कृषि पेशामा आबद्ध कृषकको लागतमा कमि ल्याई कृषि उत्पादन बढाउनका लागि सहकारीले भूमिका निर्वाह गर्ने छ ।स्थानीयस्तरमा उत्पादन हुने सुन्तला कोदो अदुवा सहितका कृषिजन्य वस्तुको उत्पादनमा लगानी र निकासीको ग्यारेन्टी सहकारीले लिने व्यवस्था गरिएको छ । सहकारी मार्फत गरिने लगानीलाई सुरिक्षत बनाउँदै कृषकको आम्दानीमा बृद्धि गर्नु सहकारीको प्रमुख उद्देश्य रहेको छ । लगानीमा मुक्तिनाथ विकास बैंक र यान्त्रिकीकरणमा मुक्तिनाथ कृषि कम्पनीले सहजीकरण गर्ने छन् ।