आगामी पुस २२ देखि माघ ३ गते सम्म पाँचौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको आयोजनामा व्यास नगरपालिका ३ विपि वनबाटिकामा महोत्सव हुन लागेको हो । विपि वनबाटिकामा महोत्सव गर्नका लागि व्यास नगरपालिकासँग अनुमति लिने काम भइसकेको परिषदका उपाध्यक्ष नन्दु थापा मगरले बताएका छन् । परम्परागत कला र संस्कृतिको संरक्षण गर्ने स्थानीय उत्पादनलाई बढी प्रथामिकता दिने, आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन महोत्सवले सहयोग गर्ने अध्यक्ष सुजित हिराचनले बताए ।