तनहुँमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत तयारी बैठक सम्पन्न भएको छ । दमौलीमा बुधबार एक कार्यक्रमको बिच उक्त बैठक सम्पन्न भएको हो । मंसिर ९ देखि २४ गते सम्म सुरुहुने १६ दिने अभियानमा बोल्दै तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले लैङ्गिक हिंसा कम गर्न पहिला आफुबाट सुरुवात गनुपर्ने बताउनुभयो । उहाँले समाज परिवर्तन गर्न आफुले दाइत्वा बहन गनुपर्ने र आ आपनो ठाँउबाट जनचेताना कार्यक्रम गर्नुपर्ने बताउनुभयो । हिंसा कम गराउन सञ्चार माध्यमको भुमिका महत्त्वपूर्ण रहेको हुनाले कुनै घटना घटे तत्कालै समाचार सम्प्रेसण गनुपर्ने बताउनुभयो । घर तथा समाजमा हुने हिंसा अन्त्यका लागि सामुहिक ऐक्यबद्धता र शुन्य सहनशिलताको नीतिलाई अव्लम्बन गर्न सामुदायिक संघसंस्था तथा युवाको अगुवाइमा आम नागरिक सचेत अभिवृद्धि कार्यक्रम गनुपर्ने अर्यालले बताउनु भयो ।
कार्यक्रममा बोल्दै सामाजिक बिकास कार्यलय तनहुँका प्रमुख विक्रम सुवेदीले लैंगिक समानाता सुनिश्चितताका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सरकारले गरेको प्रतिबद्वता अनुरुप राज्यको दायित्व पुरा गर्न पैरवा गनूपर्ने बताउनुभयो । उहाँले घर तथा समाजमा हुने हिंसा अन्त्यका लागि सामुहिक ऐक्यबद्धता र शुन्य सहनशिलताको नीतिलाई अव्लम्बन गर्न सामुदायिक संघसंस्था तथा युवाको अगुवाइमा आम नागरिक सचेत अभिवृद्धि कार्यक्रम गनुपर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकृत थमन सिंह थापा, प्रहरी प्रमुख राजेन्द्र बाबू रेग्मी, पत्रकार महाँसंघ तनहुँका अध्याक्ष उज्वल पौडेल लगाएत विभिनन संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।