मङिसर ४ गते हुन गईरहेको प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि तनहुँमा मंसिर १ गतेदेखि मदिरा बिक्री गर्न नपाइने भएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मदिरा बिक्रीमा रोक लगाएको हो ।मंसिर १ गते राती १२ बजेदेखि मंसिर ४ गते राती १२ बजेसम्म जिल्लाभर मदिरा सेवन तथा बिक्री बितरणमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । मंसिर ४ गते देखि मतगणता कार्य सम्पन्न नभएसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयदेखि तीन सय मीटर वरिपरि मदिरा सेवन तथा बिक्री बितरणमा निषेध गरिएको गैरेले बताए ।