तनहुँका दुबै मृगौला फेल भएका कृष्ण बिकलाई तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले आर्थिक सहयोग गरेको छ । बन्दिपुर गाउँपालिका १ सिमलस्वाराका दुवै मृगौला पीडित कृष्णबहादुर बिकको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न कठिनाई परेको समचार तनहुँ तरङ्ग मिडिया मार्फत सार्वजनिक गरेपछी उनलाई सहयोगी व्याक्ति संस्थाहरुले आर्थिक सहयोग गर्न थालेका हुन ।
सोमबार पिडितका दाई राजेन्द्र बिकलाई इकाइको सभापती सुकनारायण मल्ल , उपसभापतिमा शेष राज श्रेष्ठ , लगायतका पदाधिकारीको संयुक्त उपस्थितिमा नगद रु १० हजार ७ सय ३० रुपैँया सहयोग गर्नुभएको थियो । इकाईका सबै साथीहरू बाट रकम संकलन गरी मृगौला पिडित विकको उपचारमा सहयोग होस् भन्ने उद्धेश्यले सानो सहयोग गरेको सभापति मल्लले बताउनुभयो ।
तनहुँको बन्दिपुर गाउँपालिका १ सिमलस्वाराका दुवै मृगौलाबाट पीडित कृष्णबहादुर वि।क। उपचारको खोजीमा रहेका छन् । आर्थिक अवस्था अत्यन्तै न्युन रहेको वि।क। उपचारको खोजीमा भौतारिएका हुन् । काठमाडौँमा डाइलासिस गराइरहेको वि।क।को उपचारका लागि ठूलै रकम लाग्ने परिवारजनले बताएका छन् । वि।कको दुवै मृगौलाले काम गर्न छोडेपछि परिवारजन निकै चिन्तित हुदैँ आएका छन् । श्रिमतिले मृगौला दिने भएपनी प्रत्यारोपडकोलागी समेत पैसा नभएको उनले बताए । मृगौला प्रत्यारोपडको लागि मात्र अन्दाजी रु ५ लाख भन्दा धेरै लाग्ने र हाल घरमा खाने चामलसम्म नरहेकाले उपचारमा मात्र होईन दुई छाक टर्न समेत समस्या परेको बिकले बताए । उनलाई पुर्णजीवन दिने तयारीमा परिवारजन रहेपनि प्रत्यारोपण गर्ने रकम नहुँदा सहयोगको खोजीमा छन् । विक ओछ्यानमा परेपछि परिवारजनमा रुवाबासी चल्दै आएको छ । बुढेसकालका बाबुआमालाई पालनपोषण गर्नुपर्ने छोरा नै ओछ्यानमा थलिएपछि परिवारजनमा रुवाबासी चलेको छ । विभिन्न संघसंस्था र व्यक्तिहरुसँग विक को उपचारमा सहयोग पुर्याइ दिन परिवारजनले आग्रह समेत गरेका छन् ।
हालसम्म ५३ हजार ९ सय उनानब्बे रुपै संकलन भएको छ ।