तनहुँको बन्दीपुर गाउँपालिकामा आइतबार मर्स्याङ्गदी नदि करिडोर अन्तर्गतका स्थानिय तहहरुको अन्तर्पालिका समन्वय बैठक सम्पन्न भएको छ । मर्स्याङ्दी नदि करिडोर समन्वय समितिमा हाल तनहुँ लमजुङ र गोरखाका ८ वटा स्थानिय तहहरु समावेश रहेका छन् । जसमा भानु नगरपालिका,वेशिसहर नगरपालिका, सुन्दरबजार नगरपालिका,राइनास नगरपालिका, पालुङटार नगरपालिका, बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र दोर्दी गाउँपालिका रहेका छन् ।

मर्स्याङ्गदी नदि करिडोर समन्वय समितिका संयोजक एवं भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा करिडोर अन्तर्गतका स्थानिय तहहरुकोे प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत वडाध्यक्ष लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

मर्स्याङ्गदी कोरिडोर अन्तर्गतका पालिकामा पर्यटनको प्रबर्धन र सम्भाब्यता अध्ययनको लागि तपसिल अनुसार मर्स्याङ्गदी कोरिडोर पर्यटन उपसमिति गठन गर्ने निर्णय गरेको छ । ,दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा राईनास नगरपालिका नगर प्रमुख खड्क बहादुर गुरुङ्ग र
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा सदस्य रहने गरी उपसमिति गठन गरिएको छ ।

यस्तै बैठकले मर्स्याङ्गदी कोरिडोरका स्थानीय तहहरु भित्र सिसाजन्य फोहोरमैलालाई दुई वा दुईभन्दाभन्दा बढी पालिकाहरुलाई पायक पर्ने उपयुक्त स्थान छनोट गरि लगानी साझेदारी को माध्यमबाट ब्यबस्थापन गर्ने समेत निर्णय गरेको छ ।

मर्स्याङ्गदी कोरिडोर अन्तर्गत लमजुङको मर्स्याङ्गदी गाउँपालिका, लमजुङलाई पनि समावेस गर्ने र अन्यपालिकासंग पनि आगामी दिनमा समन्वय गरी सहकार्य गर्ने निर्णय भएको छ । कोरिडोर अन्तर्गतका स्थानियतहरु बिच ३ ÷ ३ महिनामा सयुक्त बैठक बस्नेछ । आगामी बैठक फागुन १२ गते बेशिशहर नगरपालिकामा बस्ने निर्णय गरेको छ । ।