Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

प्रेस काउन्सिलको ध्यानाकर्षण

सुरेश सुनार

२० माघ २०७८, बिहीबार

472
Share

प्रेस काउन्सिल नेपालले कोभिड–१९ महामारीका विषयमा पुष्ट्याइँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी तथ्यगत पुष्ट्याइँबेगर सामग्री तयार भई एक समाचार संस्थाबाट समेत सञ्चारमाध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएको प्रति काउन्सिलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ । समाचार सामग्री तयार एवं सम्प्रेषण गर्नुपूर्व सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गरी वितरण र सम्प्रेषण गर्न गराउन समाचार संस्था, सञ्चारमाध्यम र सम्बन्धित पक्षसँग काउन्सिल अनुरोधसमेत गरेको छ । काउन्सिलका प्रवक्ता दीपक खनालले हस्ताक्षर गर्नुभएको सो विज्ञप्तिमा तथ्यगत पुष्ट्याइँ नभई अपुष्ट स्रोत र त्यसको परीक्षणबेगर सम्प्रेषित सामग्रीले समाजमा भ्रम फैलाउने भएकाले सञ्चारमाध्यमले सत्य, तथ्य, सन्तुलित एवं विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७५) मा सञ्चारमाध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन÷प्रसारण वा बाह्य लिङ्कहरू प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्दछ भन्ने व्यवस्थाका बारेमा पनि स्मरण गराइएको छ । rss

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

Tanahun taranga media

खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क

Tanahun taranga news

तनहुँमा विकास तथा भवन निर्माणमा ४८ करोडका योजना सञ्चालन

मुग्लिन-पोखरा सडकः दमौली बजारमा निर्माणाधीन चार लेनको मादी पुल अन्तिम चरणमा

Tanahun Taranga media

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै, यात्रु सङ्ख्या र आम्दानी दुवैमा उल्लेखनीय वृद्धि

Tanahun Taranga news

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

Tanahun Taranga news

सामुदायिक वनद्वारा आठ करोड रुपैयाँभन्दा बढीको वन पैदावर बिक्री

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal