तनहुँको व्यास नगरपालिका वडा नं १२ कमलबारी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा बस पल्टिदा बसमा सवार १८ यात्रु घाइते भएका छन् । मुग्लिङबाट पोखरा जान आउदै गरेको ग २ ख १४५९ नं को बसले टिप्परलाई ओभरट्याक गर्ने क्रममा बसको दाहिने टायर सडकबाट तल खस्नी दुर्घटना भएको प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । घाइते हुनेहरुमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटे बस्ने १० बर्ष असिमा साही , तनहुँ भानु नगरपालिका वडा नं ३ बस्ने चाम्बास बस्ने २१ बर्ष सबिता सुनार , १९ बर्षय सबिना सुनार , मोरङ कटेरी गाउँपालिका वडा नं २ बस्ने बर्ष ३० को प्रदिप गोदारको दमौली अस्पताल तनहुँमा उपचार भईरहेको छ । जिल्ला भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्ख ४० बर्ष सुरन राई , जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं २ बस्ने ३४ बर्ष पिल्लिमाया थापा ,तनहुँ बन्दिपुर गाउँपालिका वडा नं। १ बस्ने ५२ वर्षय ज्ञानदेबी श्रेष्ठ , २० बर्ष स्नेहा श्रेष्ठ , तनहुँ ब्यास नगरपालिका वडा नं। २ बस्ने २१ बर्षय एन्जल भट्टराई , तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं। ५ छिम्केश्वरी बस्ने ४१ बर्षय पुर्ण बहादुर गुरुङको रत्नहरी मेमोरियल अस्पताल तनहुँमा उपचार भईरहेका छ । तनहुँ भानु नगरपालिका वडा नं १ साझबोटे बस्ने २६ बर्षय बबिता थापा , ३० बर्षय नबिन थापा , १२ बर्षय दुर्गा थापा , ७ बर्षय नबिना थापा , तनहुँ व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सी बस्ने ४० बर्षय दिपा थापा ,जिल्ला भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं। ९ हिलेखर्क बस्ने ५० बर्षय सुमित्रा राई ,तनहुँ ब्यास नगरपालिका वडा नं ११ मुलपानी बस्ने ३६ बर्षय जुनु भट्टराई र ८ बर्षय पुर्णिमा भट्टराईको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
