तनहुँ तरङ्ग समवाददाता
छोरिको घर हिडेका दिल बहादुर नेपाली सम्र्पक बिहिन भएका छन् । भानु नगरपालिका वार्ड नं ८ देउरालीटार निबासी ७७ बर्षीय दिल बहादुर नेपाली छोरीको घर जान्छु भनेर हिडेका थिए । छोरीको घर नगई सोहि दिनबाट उनी आजसममपनी समपर्कमा नआएको उनका आफनतले बताएका छन् । यही जेठ २८ गतेबाट नेपाली सम्र्पक बिहिन भएको उनका छिमेकी रेशम तमाङले बताएका छन् ।
उनका आफन्त तथा जाने जस्तो ठाऊ सबै ठाउमा खोजिसकदापनी नभेटिएको तामाङले बताए । उनले भने प्रहरी कार्यलयमा समेत खबर गरीसक्यै तर आजसममपनी उहाँको कुनै अत्तोपततो पाएका छैनऊँ । तामाङले हरााउने बयाक्तिको पहिचान गहुँगोरो वर्णको कालो टिसट, कालो जांगे, ढाकाको टोपी लगाएको बताएका छन् । कहि कतै देख्नुहुने ब्याक्तिहरुले उल्लेखित नम्बरमा ९८२६१४५४१८, ९८१३५८७९३७ अथबा नजिकको प्रहरी कार्यलयमा सम्पर्क गरिदिनु हुन अनुरोध समेत गरेका छन्।