आइतबार सुन चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार पछिल्लो १२ दिनमा ५१०० रुपैयाँले सुनको मूल्य बढेको छ । यस वर्ष सुनको मूल्यले गत साउनको उच्च बिन्दु प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँको रेकर्ड तोडेको थियो ।
