तनहुँको दमौली स्थित डिभिजन वन कार्यालय गण्डकी प्रदेशकै सर्वोकृष्ट कार्यालय बन्न सफल भएको छ । मूख्यमन्त्रीको कार्यालयले बनाएको विभिन्न सूचकहरु तयार गरेको मूल्याङ्कनको आधारमा गण्डकी प्रदेश मातहतभरीका १०५ कार्यालय मध्ये सर्वाेत्कृष्ट बनेको हो । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रमुख सचिव रविलाल पन्थले डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेलाई हालै नगद रु.तीस हजार सहित प्रमाणपत्रले पुरस्कृत गरेका हुन् । प्रदेश सरकारको मूल्याङ्कनमा सूशासन तथा पारदर्शी ढङ्गले काम गर्ने शैली,सबै सरोकारवलालाई समेटेको, पार्कहरु निर्माण गरी भाईरल बनाएर आम्दानी गरेर दिगो रुपमा व्यवस्थापनको मोडालिटी समेत तयारी कार्यसम्पादन मानव र वन्यद्धन्द्ध व्यवस्थापनमा अनुकरणीय काम गरेको, वासस्थान व्यवस्थापन जनचेतनामुलक कार्यलाई शसक्त रुपमा सञ्चालन गरेकाले सर्वोकृष्ट बन्न सफल भएको हो ।

त्यसैगरी,चोरी सिकारी नियन्त्रण राजस्व बढाएको, बेरुजु शुन्य, नसरी विरुवा गाउँमै वितरण गर्ने, आगोलागी नियन्त्रणको सफल भएकोले सर्वाेत्कृष्ट बन्न सफल भएको बताइएको छ । सामुदायिक वनको आम्दानीबाट विपन्नको आय आर्जन बढाउने जस्ता कार्यले डिभिजन वन कार्यालय चर्चामा आएको थियो । सव डिभिजन स्तरीय नर्सरीमा स्तराउन्तती , उच्च स्तरीय प्रजाति केन्द्रीत उत्पादन, फलफूल विरुवा, लक्षित ग्रुप केन्द्रीत अनुकरणीय काम, मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापनका अग्रणी तथा अनुकरणीय अभियानहरु, व्यापक जनचेतना, पोखरी निर्माण, घाँसे मैदान व्यवस्थापन, अघिल्ला वर्षको तुलनामा मानवीय घटनाको क्षती शुन्य भएको छ ।
अतिक्रमण परेका वनको जग्गामा संरक्षणको लागि वृक्षरोपण सहित व्यवस्थापन, डिभिजन तथा सव डिभिजन वन कार्यालयको उचित प्रर्वद्धन, सजावट तथा कर्मचारीको उत्कृष्ट टिम लगायतले गर्दा प्रदेशकै सवोत्कृष्ट बन्न सफल भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । वन पैदावरको चोरी निकासी नियन्त्रण तथा राजस्वमा उल्लेखनीय आम्दानी, पर्यटन प्रर्वद्धनमा छलाङ, वार्षिक कार्यक्रम मार्फत बनेका पार्कहरु भाइरल, सरोकारवालाहरुको वन तथा वातावरण क्षेत्रमा उत्प्रेरित गर्दै हातेमालो, वातावरणीय विकासमा अग्रणी भूमिका, सामाजिक सञ्जाल सञ्चार माध्यम तथा आधुनिक प्रविधिको उच्चतम प्रयोग जस्ता कारणले प्रदेश भरीमै सर्वाेत्कृष्ट बन्न सफल भएको काफ्लेले जानकारी दिए । प्रदेश सरकारले बेरुजु नरहेको, सिमित स्रोत र साधनबाट अधिकतमा काम गर्ने, सूचना बोर्ड, नागरिक वडापत्र, सरसफाई, कर्मचारीको अनुशासन लगायतको आधारमा मूल्याङ्कन गरेको हो । यस अघि पनि यो कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट कार्यालय बन्न सफल भएको थियो ।