एको उहाँले बताउनुभयो ।“स्थानीय किसानको माग अनुसार प्राथमिकताका आधारमा बत्ती जडानको कार्य गरिरहेका छौँ”ं, वडाध्यक्ष खडकाले भन्नुभयो, “गत वर्ष रू दुई लाख ५० हजारमा बजेटमा ४० वटा बत्ती जडान गरेका थियौँ । यस वर्ष रू दुई लाख बजेटमा ३० वटा बत्ती जडान गरिरहेका छौँ ।” वडा नं ६ मा रू चार लाख बजेटमा ६० बत्ती खरिद गरी जडान भइरहेको उहाँको भनाइ थियो । “उज्यालो देखेपछि हात्ती खेतबारीमा नछिर्ने भएकाले बत्ती जडान गर्न थालिएको हो” वडा नं ६ का वडाध्यक्ष दानबहादुर ऐरले भन्नुभयो, “सेन्सरयुक्त बत्ती उज्यालो हुनासाथ आझै निभ्छ । राति हुन थालेपछि आफै जल्छ ।”बत्ती जडानपछि स्थानीयलाई ओहरदोहर गर्न सहज हुनाका साथै हात्तीलाई टाढैबाट देख्न सकिने भएकाले सजग हुने, भगाउन सक्ने तथा रातिका बेला हुने चोरीका घटनामा कमी आउने ऐरको भनाइ थियो ।
