निर्मल स्कुल अलुम्नाई एसोसिएसन दमौलीद्धारा अयोजित विजय दशमी , दिपावली तथा छठ पर्वको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम शनिबार सम्पन गरेको छ । कार्यक्रमा निर्मल स्कुल अलुम्नाई एसोसिएसनका अध्यक्ष शेषरमण न्यौपानेको अध्यक्षतामा सम्पन कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले पुर्व विद्याथी संगठनले विद्यालयको गुणस्तर बृद्धि गर्ने सहयोग गर्ने र अागमी दिनमा यस संगठनले प्रशंसानिय कार्य गर्ने बताउनु भयो । कार्यक्रम विद्यालयको प्रधानाध्यपक गणेश चन्द्र बस्नेतले विद्यालयको वर्तमान अवस्थामा भएको परिवर्तन र विद्यालयले गरेको उपलब्धि र भावि योजनाको कार्यक्रमहरु वताउनु भएको थियो । त्यस्तै विद्यालयका पि.टि.ए. अध्यक्ष हरि शरण खनालले विद्यालयले विकासको फड्को मादै गएको तर अझै धेरै काम गर्नु पर्ने, शैक्षिक परिवर्तन र विद्याथीहरुको आकर्षण सोचे जति पुरा गराउन आवश्यक सल्लाह, सुझाव र सहयोगको लागि अनुरोध गर्नु भएको थियो । यसरी नै विद्यालयको सुरुको अवस्था देखि अध्यपन गराउनु भएको भू.पू. शिक्षक एवं प्रधानाध्यपक कृष्णराज वाग्ले, सुरुको अवस्थाका विद्यार्थी रामचन्द्र न्यौपाने, भू.पू. विद्यार्थी एवं बरिष्ट अधिवक्ता कमलामोहोन वाग्ले, क्षेत्रिय शिक्षा निर्देशानालयका प्रमुख अम्विका आचार्य लगायतका पुर्व विद्यार्थीहरुले आफ्नो अनुभव र शुभकामना दिनु भएको थियो । कार्यक्रमा २०४२ साल देखि २०८० साल सम्मका विद्यार्थीहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रम संचालन निर्मल स्कुल अलुम्नाई एसोसिएसनका सचिव चिरञ्जीवी पन्थले गर्नुभएको थियाे।
