तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व सडक एकतर्फी सुचारू भएको छ । निरन्तर ४ घण्टाको प्रयासमा एकतर्फी सडक सुचारू भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।खाँणका अनुसार बाँकी रहेको उक्त पहिरो हटाउने कार्य भईरहेको छ ।