वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनका लागि तनहुँमा रहेको ४ नगरपालिका र ६ गाँउपालिका गरी १० वाटै पालीकाको गणना सम्पन्न भएको छ । निवाचन कार्यलय तनहुँले दिएको जानकारी अनुसार जिल्लाको १० पालिका मध्य ४ बाट पालीकामा नेकपा एमालेले, एक पालिकामा माओवादि र ५ वटा पालिकामा नेपाली काग्रेसले प्रमुख तथा अध्याक्ष पाएको छ ।

vyas nagar meyar baikuntha neupane

तनहुँको व्यास नगरपालीकामा प्रमुख तथा उपप्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नगरपालीकाको प्रमुखमा काँगे्रसका बैकुण्ठ न्यैपाने र उपप्रमुखमा काँग्रेसकौ इनिदरा दरै विजयी भएक छन् । न्यैपाने २ सय ५२ मतको अन्तरले र्निवाचित भएका हुन । उनले १२ हजार ७८ मत र उपप्रमुखले १३ हजार ४ सय ९८ मत ल्याई बिजय भएका हुन् । न्यैपानेका प्रतिसप्रधि मेयर पदका स्वातन्त्र उमेदवार दिपक राज जोशीले ११ हजार ७ सय २६ मत प्रप्त गरेका थिए । तस्तै उपप्रमुखका उमेदवार नेकपा एमालेका बसुन्धरा घर्तीले १० हजार ४२ मत प्रप्त गरेका थिए ।

कुन पालीका / वडामा का को भए र्निवाचित ?

vyas 11 unit

व्यास नगरपालीका

व्यास नगरपालीकाको १४ वटा वडा मध्य नेकपा एमालेले तीन, र नेपाली काँग्रेसले ११ वडा जितेको छ । एमालेले वडा न ४,५,७ र काँग्रेसले १, २, ३ ६, ८, ९, १०, ११, १२, १३, र १४ वडा नम्बरमा जित हासिल गरेको छ ।
वडा नम्बर १ मा कांग्रेसका रमेश चन्द्र हड्खलेले १ हजार ४ सय ५३ ल्यएर विजय भएका छन भने , वडा नं २ मा काँग्रेसकै काशीराम श्रेष्ठले ८ सय २, वडा नं ३ मा काँग्रेसका अनुप रानाले ६ सय ५७ , वडा नं ४ मा एमालेका मन बहादुर गुरुङले ७ सय ५६ , वडा नं ५ मा एमालेका विष्णु कुमार श्रेठले १ हजार १ सय ८५, वडा नं ६ मा काँग्रेसका जिवन गुरुङ्गले १ हजार १ सय ७७, वडा नं ७ मा एमालेका कृष्ण प्रसाद न्यैपानेले ७ सय २१, वडा नं ८ मा काँग्रेसका युव राज गुरुङ्गले ९ सय १४, वडा नं ९ मा काँग्रेसका सुरेश थापाले १ हजार २ सय ६ , वडा नं १० मा काँग्रेसका खेम राज पोख्रलले १ हजार ३ सय ७९, वडा नं ११ मा काँग्रेसका दल ब दुराले १ हजार ५ सय ८३ , वडा नं १२ मा नेपाली काँग्रेसका वम बहादुर आलेले ९ सय ३१, वडा नं १३ मा वसन्त आले ले ९ सय २२ र वडा नं १४ मा काँग्रेसकै काजीमान श्रेष्ठले ७ सय २६ मत
ल्याइ वडा अध्याक्षमा निर्वाचित भएका छन् ।

बन्दिपुर गाँउपालिका

तनहुँको बन्दिपुर गाँउपालिको अध्याक्षमा एमाले र उपअध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाँउपालिकाको अध्याक्षमा एमालेका सुरेन्द बहादुर थापा र उपअध्यक्षमा नेपाली काँग्रेसका पञ्चमाया गुरुङ विजयी भएकी छन् । अध्याक्षमा ६३ मत र उपअध्यक्षमा दुई मतको अन्तर बिजय भएका छन् । अध्यक्षमा थापाले ३ हजार २ सय २९ मत ल्यएका हुन भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्दका पूर्णसि थापाले ३ हजार १ सय ६६मत प्राप्त गरेका छन् । उपअध्यक्षमा निर्वाचित गुरुङ्गले ३ हजार २७ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्दका करुणा गुरुङ्गले ३ हजार २५ मत प्राप्त गरेकी छन् ।

bandipur gaupalika

बन्दिपुरको ६ वटा वडा मध्य नेकपा एमालेले तीन , नेकपा माओवादी केन्दले दुई र नेपाली काँग्रेसले एक वडा जितेको छ । एमालेले वडा न १,४, र ६,नेकपा माओवादीले २ र ५काँग्रेसले ३ नम्बर वडा जितेको छ । वडा नम्बर १ मा एमालेका शिवकुमार श्रेष्ठ ९ सय ९ मत ल्यएर विजय भएका छन भने , वडा नं २ मा माओवादीका तिलकबहादुर कुवंरले ६ सय ५३, वडा नं ३ मा काँग्रेसका परमेश्वर भटराईले ४ सय ५ ,४ नं वडामा एमालेका दान बहादुर थापाले ७ सय ४० , वडा नं ५ मा माओवादीका धुव प्रसाद लामिछानेले ५ सय ९१ र वडा नं ६ मा एमालेका बलबहादुर गुरुङले ५सय ४५ मत ल्याइ वडा अध्याक्षमा निर्वाचित भएका हुन् ।

भिमाद नगरपालिका

तनहुँको भिमाद नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा एमालेले विजय भएका छन् । नगरप्रमुखमा दधिराज सुवेदी र उपप्रमुख एमालेकै शारदा खनाल विजयी भएका हुन । सुवेदीले ८ हजार १ सय २८ मत प्राप्त गरी विजयी भएका हुन् भने, उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी ) का काजीमान श्रेष्ठले ५ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पधी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का राम बहादुर थापा ले ३ सय ६५ मत ल्याएका थिएभने राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णु भक्त खनाले ९९ मत ल्याएका थिए । उपप्रमुख एमालेकै शारदा खनाल सात हजार ६ सय ६७ मत प्राप्त गरी विजयी भएकी छन् भने, उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका मिलन आलेले सात हजार २० सय ५ मत प्राप्त गरेका छन् ।
भिमाद नगरपालिकामा रहेको ९ वाटा वाडा मध्य ५ वटा मा एमाले र ४ वटा वडामा काँग्रेसका प्रतिनिधिले जितेका छन् । वाडा नं २,३,७,८ र ९ वडा एमालेले र १, ४,५,६ काग्रेसले जितेको हो ।

bhimad pramukh

वडा न १ मा काँग्रेसका दिपक आले १ हजार ५९ मत ल्याएर विजय भएका छन भने वडा नं २ मा एमालेका दिनेशकुमार थापाले १ हजार ५ सय ६१ , वाडा नं ३ मा एमालेका पदमबहादुर सेन ठकुरीले ६ सय ३१, वाडा नं ४ मा काँग्रेसका रामकृष्ण रानाले ९ सय २१ , वाडा नं ५ मा काँग्रेसका पदम बहादुर थापाले १ हजार १सय ६, वडा नं ६ मा काँग्रेसका श्याम सुन्दर जोशीले १ हजार १४, वडा नं ७ मा एमालेका प्रकाश श्रेष्ठले ८ सय ४२ , वाडा नं ८ मा एमालेका अण बहादुर शाहीले ८ सय १४ र वडा नं ९ मा एमालेकौ रनबहादुर थापाले १ हजार ४० मत ल्याइ निर्वाचित भएका छन् ।

म्याग्दे गाउँपालिका

तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठले र उपाध्यक्षमा नेपाली कांगे्रसबाट बालकृक्ष्ण घिमिरे विजयी भएका छन । श्रेष्ठले ४ हजार ९ सय ५० मत ल्यएका छन भने उनका प्रतिश्पर्धि नेपाली कांगे्रसका माया देवी राना आलेले ४ हजार २ सय ३२ मत ल्याएकी थिइन । उपाध्यक्षमा नेपाली कांगे्रसबाट बालकृक्ष्ण घिमिरेले ५ हजार ३९ मत प्रात गरी निर्वाचित भएका छन् भने उनका उनीहरुका प्रतिस्पधी नेकपा एकालेका रत्नादेवि घिमिरेले ४ हजार २ सय मत ल्याएकी थिइन ।

तस्तै म्याग्देका ७ वाडा मध्य नेकपा एमालेले तीन वडा र कांगे्रसले चार वटा वडा वडाध्यक्षमा जितेको छ । वडा नम्बर १ मा एमालेका मणिभद्र वाग्ले ६ सय ९९ , वडा नं २ मा कांग्रेसका शिवबहादुर क्षेत्रीले ८ सय ९९ , वडा नम्बर ३ मा एमालेका टुकराज अधिकारीले ६ सय ६१ , वडा नं ४ मा कांग्रेसका दीपककुमार श्रेष्ठले १ हजार ३८ , वडा नम्बर ५ मा कांग्रेसका शिव बहादुर आलेले ५ सय ७६ , वडा नम्बर ६ मा कांग्रेसका हिरालाल गरुङले ७ सय ४२ र वडा नम्बर ७ मा एमालेका उम्मेद्वार बसन्त कुमार श्रेष्ठले ७ सय २२ मत ल्याइ वडा ध्यक्षमा निर्वाचित भएका छन् ।

भानु नगरपालिका

यस्तै भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको प्रमुखमा आननद राज त्रिपाठीले १२ हजार २ सय ५२ मत र उपप्रमुखमा उमा गोतामेले १० हजार ५ सय ४७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । त्रिपाठीका प्रतिसप्रधि एमालेका सिता राम बजगाइले ९ हजार ४३ मत प्रप्ता गरेका थिए । तस्तै उपप्रमुखमा गोतामेका प्रतिसपैधि स्वतन्त्र उमेदवार केशब बहादुर गुरुङ्गले ५ हजार ८ सय १७ मत प्राप्त गरेका थिए ।

१३ वटा वडा रहेको भानुमा अधिकांस वडामा कांग्रेसले जित हासिल गरेको छ । वडा नं. १ मा कांग्रेसका कान्छीमाया तामाङले ६ सय ७२ मत ल्याई निवनचित भएका छन भने वडा नं २ मा एमालेका केशव राज त्रिपाठीले ६ सय २२ , वडा नं ३ मा कांग्रेसका तुकुमार गुरुले ९ सय ८, वडा नं ४ मा कांग्रेसका अर्जुन बहादुर बोहोरा, वडा नं ५ मा कांग्रेसका नहकुल अधिकारी, वडा नं ६ मा कांग्रेसकौ धिरेश खनाल, वडा नं ७ मा कांग्रेसका खुम प्रसाद श्रेष्ठले ५ सय ८४, वडा नं ८ मा कांग्रेसका ईशवर बहादुर घिमीरेले १ हजार ८२, वडा नं ९ मा एमालेका मिन बहादुर गुरुङ्गले १ हजार ९, वडा नं १० मा कांग्रेसका हरिहर उपे्रतीले १ हजार २ सय ९१, वडा नं ११ मा स्वातन्त्र उमेदवा बिमल राज जोशीले १ हजार ६३, वडा नं १२ मा कांग्रेसका बेलबहादुर अधिकारीले ९ सय २९ र वडा नं १३ मा मा स्वतन्त्रवाट कृष्ण बहादुर अधिकारीले ५ सय २१ मत ल्याय निर्वाचित भएका छन् ।

देवघाट गाउँपालिका

देबघाट गाउँपालीकाको अध्यक्षमा नेपाली कागे्रसका तिलबहादुर थापाले ४ हजार ३ सय ६ मत र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिं गुरुङले ३ हजार ७ सय २१ मत प्राप्त गरी विजयी भएका छन् । थापाका प्रतिस्पर्धी नेकपा एमालेबाट अध्यक्षमा दुर्गबहादुर थापाले ३ हजार ४ सय ८३ मत र उपाध्यक्षमा सावित्री न्यौपानेले ३ हजार ४ सय ६७ मत ल्याएका थिए । ५ वटा वडामध्य एमालेले २ वटा वडाध्यक्ष र कांग्रेसले ३ वटा वडाध्यक्ष जितेका छन् ।

देवघाटको वडा नं. १ मा एमालेका मनिराज गुरुङ ले ८ सय ९८ मत ल्याइ विजयी भएका छन् । तेस्तै वाडा नं २ मा कांग्रेसका मीनबहादुर राना मगरले ८ सय ५८, वाडा नं ३ मा कांग्रेसका टेकबहादुर आलेले ५ सय ४, वाडा नं ४ मा एमालेका मित्रलाल गुरुङ ले ४ सय १२ र वाडा नं ५ मा कांग्रेसका पूर्ण बहादुरले १ हजार ८ सय ६ मत ल्याइ वाडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

घिरिङ गाउँपालिका

तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापाले ४ हजार ३ सय ३१ मत र उपाध्यक्षमा राधादेवी अधिकारीले ४ हजार ४ सय ८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

घिरिङमा थापाका प्रतिस्पर्धि गंगाराम कुमालले ३ हजार ५ सय ५४ मत र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षका उम्मेद्वार पूर्णबहादुर थापाले २ हजार ७ सय ४७ मत प्राप्त गरेका छन् ।
५ वटा वाड रहेको पालीकामा कांग्रेसले २ वटा र एमालेले ३ वाटा वडामा वडाध्यक्ष जितेका छन् । वडा नं. १ कांग्रेसबाट रविन्द्र घोरासिनीले १ हजार १ सय २८ , वडा नं. २ मा एमालेबाट नरबहादुर थापाले १ हजार १७ , वडा नं.३ मा एमालेका तहलसिंह थापाले ८ सय ४१, वडा नं. ४ मा एमालेका भिमबहादुर कुमालले ८ सय ६६ र वडा नं. ५ मा कांग्रेसका विष्णु विर आले ले ८ सय ९० मत ल्याई चित भएका छन् ।

ऋषिङमा गाउँपालिका

तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षतामा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनु माया थापा निर्वाचित भएका छन । वि.सं. २०७४ सालको स्थानिय तह निर्वाचनमा दुवै जना निर्वाचित भएका थिए । अध्यक्षका उम्मेद्वार श्रेष्ठले तीन हजार ३ सय ३५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार हरिराज कँडेलले दुई हजार ७ सय ९२ र स्वतन्त्र उम्मेद्वार श्रीराम थापाले पुतली चिन्हबाट तीन हजार ३३ मत प्राप्त गरेका थिए । यस्तै, उपाध्यक्ष पदमा ४ हजार ४२९ मत प्राप्त गरी पुनः गिनु थापा विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेद्वार मधुप्रसाद थापाले तीन हजार ४८९ मत प्राप्त गरेका छन् ।

पालीकामा रहेको आठ वटा वडा मध्य वडा नं २, ३, ४, ५ र ६ नम्बर वडा कांग्रेसवाट र्निवाचित भएका छन भने १ मा नेकपा माओवादी केन्द्र , ७ र ८ मा स्वतन्त्र उमेदवारले जितेका छन । वडा नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेद वार ननिर्वाचित भएका छन् । वडा नं. १ मा माओवादीका कुश बहादुर थापाले ८ सय ३१, वडा नं २ मा कांग्रेसका दलबहादुर थापाले ४ सय ६१, वडा नं ३ मा कांग्रेसका भिम बहादुर थापाले ८ सय ८ , वाडा नं ४ मा कांग्रेसका प्रेमराज श्रेष्ठले ७ सय ६, वडा नं ५ मा कांग्रेसका बुद्धिमान राना मगरले ८ सय २२, वडा नं ६ मा कांग्रेसका भक्तबहादुर आलेले ५ सय ६५, वडा नं ७ मा स्वतन्त्रवाट दुर्गा बहादुर थापाले ४ सय ९५ र वडा नं ८ मा स्वतन्त्रवाट भरत कुमार श्रेष्ठ ले ३ सय ९६ मत प्राप्तगरी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

आँबुखैरेनी गाँउपालिका

तनहुँको आँबुखैरेनी गाँउपालिको अध्याक्षमा र उपअध्यक्षमा नेकपा माओवादी केन्दका उम्मेदवार भारी मतअन्तरले विजयी भएका छन् । गाँउपालिको अध्याक्षमा शुक्र चुुमान र उपअध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । निर्वाचित चुुमानले ३ हजार ९ सय ४० मत प्राप्त गरी विजयी भएका छन । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गिरबहादुर थापा निवर्तमान् अध्याक्षले २ हजार २ सय ३० मत प्राप्त गरेका छन् । नेकपा एमालेका ऋषि केसीले १ हजार ८ सय ४ मत प्रप्त गरेका थिए । यस्तै गाँउपालिको उपअध्यक्षमा दुर्गा अर्यालले २ हजार ८ सय ४८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी पवित्रा गौलीले २ हजार १ सय ८३ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेकी मिना अधिकारीले २ हजार १ सय २७ मत ल्याएकी थिइन ।

आँबुखैरेनी गापाको ६ वटा वडामध्य नेपाली काँग्रेसले दुई , नेकपा माओवादीले तीन र नेकपा एमाले एक वडामा बिजयी हासिल गरेको छ । माओवादीले वडा नम्बर १,२ र ५ मा जितेको छ भने नेपाली काँग्रेसले वडा नं ३ र ४ र नेकपा एमालेले वडा नम्बर ६ मा विजयी भएको छ ।
वडा नम्बर १ मा माओवादी केन्द्रका प्रेमबहादुर गुरुङले ८ सय ५९ , वडा नं २ मा माओवादीका आस बहादुर गुरुङले ६ सय ६७, वडा नं ३ मा काँग्रेसका दिनेश केसीले १ हजार ८ , वडा नं ४ काँग्रेसका मिलन भुजेलले ४ सय ३३ , वडा नं ५ मा माओवादी केन्द्रका सन्तोष गुरुङले २ सय ८८ र वडा नं ६ मा एमालेका दिलीप गुरुङले ३ सय ९० मत प्राप्त गरी वडाअध्याक्षमा निर्वाचित भएका छन् ।

शुक्लागण्डकी नगरपालिका

तनहुँकोशुक्लागण्डकी नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुख पदमा माओवादी केन्द्रका विजय भएका छन् । नगरप्रमुखमा कृष्ण राज पण्डित र उपप्रमुखमा खुम बहादुर वि.क विजयी भएका हुन । पण्डिते १२ हजार २ सय ६३ मत प्राप्त गरी विजयी भएका हुन् भने, उनका प्रतिस्पर्धी नेकपा एमालेका मुक्ति नाथ तिम्सिना ९ हजार ८ सय ४० मत प्राप्त गरेका छन् । तस्तै उपप्रमुख बि.कले १० हजार २ सय ६२ मत ल्याइ विजय भएका थिए उनका प्रतिस्प्रधि नेकपा एमालेका फुलमाया वाग्ले ले ९ हजार ९ सय ५७ मत ल्याएका थिए ।

शुक्लागण्डकीको १२ वटा वडा मध्य एक वाटा वडामा मात्र माओवादी केन्द्रले जित हासिल गरेको छ । शुक्लागण्डकी नगरपालिकाको वडा नंं १ मा कांग्रेसका रवि चन्द्र पौडेलले १ हजार १ सय १३ मत ल्याई निवाचित भउका छन भने वाडा नं २ मा कांग्रेसका सुमन बहादुर राना मगरले ९ सय २५ मत ल्याइ र्निवाचित भउका हुन । वडा नं ३ मा कांग्रेसका सचिन भुजेलले ८ सय ३६, वडा नं ४ मा कांग्रेसका राजकुमार वाग्लेले ७ सय ७८, वडा नंं ५ मा एमालेका दीर्घबहादुर थापाले १ हजार २ सय १९, वडा नं ६ मा एमालेका बुद्धि बहादुर थापाले १ हजार २ सय ७३, वडा नं ७ मा कांग्रेसका खड्गसिँ थापाले १ हजार ७९, वडा नं ८ मा एमालेका नारायण सिंह थापाले १ हजार २ सय ८१, वडा नं ९ मा एमालेका धनबहादुर थापाले ७ सय ४० , वडा नं १० मा माओवादी केन्द्रका राजेन्द« भटराई क्षेत्रीले ९ सय २५, वडा नं ११ मा एमालेका शालीकराम भटराईले १ हजार ३८ र वडा नं १२ मा एमालेका इन्द« गुरुङले ७ सय ५७ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिचन्द ढुंगानाले जानकारी गराए ।