तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनीटार पुलजिप स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अबैध लागू औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नं २ जयमंगलपुर बस्ने २८ बर्षय सुखलाल मुखिया रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो बिरगञ्जबाट पोखरा तर्फ जान आउदै गरेको ग १ख ००८९ बस रोकी चेकजाँच गर्दा निजको साथबाट अबैध लागु औषध नाइट्राभेट २९ पत्ता (४३५ ट्याब्लेट) फेला पारी बरामद भएको भएको खाँणले बताउनुभयो । मुखियालाई आजै पक्राउ गरि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।