यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा नेपाली कांग्रसको तर्फबाट व्यास नगरपालीकाको प्रमुख पदका उमेदवार वैकुण्ठ न्यैपानेले सम्पुर्ण नगरवासीमा अपिल गरेका छन । आगामि ५ वर्षमा गर्ने कार्यहरुको ८८ बुँदे प्रतिबद्दता पत्र सार्वजनिक गर्दै सदाजस्तै स्नेह, सद्भाव र सहयोग प्राप्त हुने अपेक्षा गरी निर्वाचन चिन्ह रुख छापमा मत संकेत गरी अत्याधिक मतबाट विजयी गराउन हार्दिक अपिल गरेका हुन ।


उनकको अपिल पत्र जस्ताको तस्तै निम्ननुसार रहेको छ ।

यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा नेपाली कांग्रसको तर्फबाट सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि र्वेद व्यास र पराशरको तपोभूमी  (कर्मक्षेत्र) रहेको व्यास नगरपालिकाको नयाँ नेतृत्वका लागि चुनाबि मैदानमा छौ । आगामि ५ वर्षमा गर्ने कार्यहरुको ८८ बुँदे प्रतिबद्दता पत्र सार्वजनिक गरेको व्यहोरा स्मरण गराउन चाहन्छु । प्रचार प्रसारको दौरानमा गाँउ र नगरले बनेको व्यास नगरपालिकाको हरेक स्थानमा पुग्दा आम नगरबासीले देखाउनुभएको उत्साहले हामीलाई ठुलो हौसला मिलेको छ ।

प्रजातन्त्रको स्थापना लगायत देशमा पटक पटक भएका आन्दोलनमा नेपाली कांग्रेसले तनहुँमा खेलेको भुमिका सबैका सामु छर्लङ्ग छ । द्वन्दका कारण सृजित समस्याले लामो समय खालि रहेको स्थानीय तहहरुले संविधानसभाबाट बनेको संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुरुप २०७४ को निर्वाचनबाट नयाँ नेतृत्व पाएको थियो। यस अवधिमा विकास निर्माणका  कार्यलाई अघि बढाउने योजनामा कोभिड १९ ले पुर्याएको केहि बाधा अड्चनका बाबजुद पनि हामीले साना ठुला गरी ५ हजार बढी योजना सम्पन्न गर्यौ भने केहि बाकिँ र केहि चालु अवस्थामा पनि छन विगतमा पनि नगरवासीले विकास लगायतका हरेक विषयमा पुर्याउनुभएको सहयोग र सुझाव अतुलनिय छ । टोल टोलको आवश्यकतालाई छलफलका माध्यमबाट पहिचान गरि स्वंयम टोल बासीले वडा हुदै विकास योजना निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । जनताको समस्याको समाधान बोलेर होइन बुझेर र गरेर देखाउन सक्नुपर्छ भन्ने भावनाबाट हामी अगाडि बढेका छौ । विकास निरन्तरको अभ्यास हो यसको कुनै अन्त्य हुदैन, जनताका आवश्यकताले नै विकासको खाका कोर्दछ । एउटा विकासको कार्यले अर्को विकासलाई निम्त्याइरहेको हुन्छ । नगरपालिकाको समावेशी विकासको अभियानमा हिजोपनि व्यास नगरवासीको साथ र सहयोग रह्यो भने अबपनि त्यो साथ र सहयोग  रहनेमा हामी पुर्ण आशावादि छौ । ५ वर्षको अवधिमा  व्यास नगरपालिकाबाट सम्पादित काम हामीले पटक पटक सार्वजनिक गरेका छौं ।

  हामीसंग स्पष्ट दृष्टिकोण छ, मार्गचित्र छ, जनताको भावना बुझेर काम गर्ने अनुभव र साहस छ, हामीले विकासका प्राथमिकता बुझेका छौ । त्यसैले २०७९ वैशाख ३० गते हुने व्यास नगरपालिकाको निर्वाचनमा अनुभव, ज्ञान र सिपले पुर्ण नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख, उप-प्रमुख, १४ वटै वडाका वडाध्यक्ष, वडा सदस्यका उमेद्वारहरुलाई यहाँहरुबाट सदाजस्तै स्नेह, सद्भाव र सहयोग प्राप्त हुने अपेक्षा गर्दै हाम्रो निर्वाचन चिन्ह रुख छापमा मत संकेत गरी अत्याधिक मतबाट विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु ।

व्यास नगरपालिका नेपाली कांग्रेसका सम्पुर्ण उमेद्वारहरुका तर्फबाट

वैकुण्ठ न्यौपाने

मितिः२०७९ वैशाख २६