तनहुँको व्यास नगरपालिकाले जनप्रतिनिधि,वडा सचिव र प्राविधिकहरुलाई आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको छ । प्रशिक्षण कायक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले प्रशिक्षण कार्यक्रमले नगरवासीको सेवामा पु¥याउने योजनाहरुको कार्यान्वयनमा सहयोग पुग्ने बताए । साथै उनले प्रशिक्षण कार्यक्रमले जनप्रतिनिधि,वडा सचिव र प्राविधिकहरु समेत शिक्षित हुने बताए । उनले भने,“यस्ता कार्यक्रमले योजना तर्जुमा देखि योजना सम्पन्न सम्म हरेक कुरामा शिक्षित गराउने छ, जसले गर्दा योजना सम्पन्न गर्दा कतैपनि कुनै क्रुटी हुनेछैन । ”
उनले योजना तर्जुमा देखि सञ्चालन गर्दा सबैले हरेक कुरामा विशेष ख्याल राख्नुपर्ने समेत बताए । योजना समयमा नै सम्पन्न गर्ने वडालाई पुरस्कृत समेत गरिने उनको भनाई थियो । कार्यक्रममा बोल्दै उपप्रमुख एवंम् योजना अनुगमन समिति संयोजक ईन्दिरा दरैले वडाहरुले योजना सम्पन्न भएको समयमा मात्र नभएर निर्माण कार्य जारी रहदाँ पनि अनुगमन समितिलाई बोलाउनु पर्ने बताईन् । प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले यस्ता कार्यक्रमले कागजातका कारण देखिने बेरुजुलाई न्युनिकरण गर्न सकिने बताए ।
कार्यक्रममा वरिष्ठ आन्तरिक लेखा परिक्षक प्रमुख कुमारकञ्चन जि.सीले बेरुजु सम्बन्धी विषयवस्तुमा प्रस्तुतिकरण राखेका थिए भने लेखा प्रमुख हेमन्त गुरुङले योजना भुक्तानी तथा बिलरभाई,करकटी सम्बन्धी र योजना कार्यान्वयन तथा अनुगमन उपशाखा प्रमुख भेषराज तिवारीले उपभोक्ता समिति गठन, संचालन,व्यवस्थापन साथै कार्यान्वयन सम्बन्धी कानुनी व्यवस्था बारेमा प्रस्तुतिकरण गरेका थिए ।