बैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनका लागि यतिबेला उमेदवारहरु घर घरमा पुगेका छन् । चुनावको मिति नजिकिदै गर्दा मतदाताको घर घरमा उम्मेद्वारहरु मत माग्न व्यस्त रहेको बेला व्यास १ का स्वातन्त्र युवा उमेदवारलाई भने घरमै आएर चुनाब प्रचार प्रसारको लागी स्थानिएहरुले सहयोग गरेका छन् । व्यास १ का सदस्य पदका स्वातन्त्र युवालाई करिब २ सय जानभनदा बढी युवाहरुले चुनाब अगाडीनै सहयोग गरेका छन् ।
स्थानिय युवाहरु चुनाब प्रचारमा सहयोग गर्न आएका है भनि व्यास १ का सदस्य पदका स्वातन्त्र उमेदवार राम कृष्ण क्षत्रीलाई प्रचारमा जान आग्रह गरी आफुपनी प्रचारप्रसारमा सहभागि भएको सहभागि का एक युवाले बताएका छन् । करिब दुई सय जनाभन्दा बढी युवाहरु सवारीसाधन हुनेले आ–आफ्नो सवारी साधन लिएर , साधन नहुने युवायुवतिहरु हिडेर घरदैलो कार्यक्रममा भोट मागी सहयोग गरेको एक सहयोगी युवा सुमन सेन्चुरीले बताए ।
स्वातन्त्र सदस्य पदका उमेदवार क्षेत्री युवा तथा वडाबासीको साथ सपोटले गर्दा आफु जित्ने पुर्ण बिस्वास रहेको बताएका छन्। जन जोेगी आएपनी कानै चिरेको भनेजस्तो जुन पाटिलेपनी केहि गर्न सकेन अब स्वातन्त्र युवालाइ भोट दिएर देशको मुहार फेर्ने हो भन्ने भनाइ स्थानिएहरुको भएकालेपनी आफु दृर्गभिजन भएको स्वातन्त्र युवा हुनाले जित निस्चित रहेको बताएका छन् ।