नेपालीहरुको महान चाडपर्वहरु नजिएसँगै शुक्लागण्डकी बजार सोमबार पनि खुल्ला हुने भएको छ। शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले बजार खुल्ला गर्ने निर्णय गरेको हो । संघको भाद्र ११ गते बसेको बैठकले बजार खुल्ला रहने निर्णय गरेको महासंघका महासचिव उपेन्द्र तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार दुलेगौँडा, खैरेनीटार, बेलचौतरा, शेराटार, गणपति, गााछेपानी, कोत्रेबजार सोमबार पनि खुला हुनेछ ।