मुख्यमन्त्रीद्धारा आदिकवी भानुभक्त क्याम्पसको एबिआईटी क्लब सम्मानित भएको छ । भानुभक्त क्याम्पसका ११ क्लबमध्य एबिआईटी क्लब सर्बोत्कृष्ट भएको हो । व्यास १ बिज्ञानचौर स्थित रहेके आदिकवी भानुभक्त क्याम्पसको सोमबार सम्पन्न ३७ औँ बाषिर्कोत्सबको अबसरमा क्लबलाई सर्बोत्कृष्ट घोषणा गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले कार्यक्रमको उद्वगाटन गर्नुभएको थियो । कार्यक्रमको उद्धाटन गर्दै मुख्यमन्त्री पाण्डेले क्युएए मान्यता प्राप्त आदिकवी भानुभक्त क्याम्पसलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोहि कार्यक्रममा क्याम्पसका ११ क्लबमध्य सर्बोत्कृष्ट क्लब एबिआईटिलाई मुख्यमन्त्रीद्धारा सम्मान गरिएको थियो । क्लबका अध्याक्ष बिशाल रुचाल लगाएतको टिमलाई मन्त्रीले ट्रफि र प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो ।

क्याम्पस सन्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्याक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आले , गण्डकी प्रदेश सभा सदस्य हरि बहादुर चुमान , गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ , प्रदेश पुर्ब मन्त्री दोबाटे बिक, पुर्ब सांसद सरिता गुरुङ, प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , व्यास नगर प्रमुख बैकुण्ठ न्यैपाने , ऋिषिङ गापा अध्याक्ष राजेन्द्र कृष्ण श्रेष्ठ , म्याग्दे गापा अध्याक्ष श्रीप्रसाद श्रेष्ठ, लगाएतले बोल्नुभएको थियो ।

क्याम्पसका प्र महाप्रसाद हड्खलेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सो कार्यक्रमको संचालन क्याम्पसका सहायक प्र डा रामकुमार अधिकारीले गर्नुभएको थियो ।