जिल्ला प्रशासन कार्यलय तनहुँले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज मनाउँदा तडक भडक नगर्ने अनुरोध गरेको छ । आइताबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुचना जारी गर्दे विगतको तुलनामा हालैका वर्षहरुमा तिज मनाउने क्रम तडक भडक र खर्चिलो भएको भन्दै सो कार्य नगर्न अनुरोध गर्नुभएको हो । यस्ता कार्यक्रमले विभिन्न विकृति विसङ्गति र सामाजिक अपराधलाई प्रोत्साहन दिएको भन्दै यस्तो तरिकाले नगर्ने निर्देशन दिइएको छ। सामाजिक अनुशासन कायम गर्न राजनीति दल, नागरिक समाज, पेशागत संघ नागरिक समाज संचारकर्मी, महिला संजाल लगायतका संस्थाहरुलाई सहयोग गर्न अनुरोध समेत गरिएको छ। अनावश्यक तडक भडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको गरे निगरानी गरी कानुन बमोजिम कारबाही हुने उक्त सुचनामा उल्लेख गरिएको ।