आज हुने नेपाल र पकिस्तान बिच हुन गईरहेको क्रकेट खेलको दमौली अनशन चौतारी स्थित खुल्ला मैदानमा हेर्न पाईने भएको छ । रुटिन अफ दमौली बन्दको अयोजनामा निशुल्क रुपमा ठूलो पर्दामा खेल प्रत्यक्ष प्रसारण हुने भएको हो । उक्त कार्यक्रमको मुख्य प्रायोजक ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिङ रहेको छ । कार्यक्रमको लागि टिले तिव्र रुपमा तयारी गरिरहेको छ । उक्त खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे हुँदैछ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज विश्व वरियतामा एक नंमा रहेको पाकिस्तानको सामना गर्दैछ ।

