तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं। ४ बेनीटार पुलजिप स्थित पृथ्वी राजमार्गमा लागू औषध गाँजा सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका वडा नं ६ बस्ने बर्ष २४ को सफल परियार रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ जान आउदै गरेको बा ३ ख ३९२४ नं।को माईक्रो बस रोकी चेकजाँच गर्ने क्रममा झोला भित्र लुकाई लिएको जम्मा २ के जी ६०० ग्राम अबैध लागु औषध गाँजा फेला परेको खाँणले बताउनुभयो । निजलाई तनहुँ जिल्ला अदालतबाट दिन दशको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
