तनहुँ जिल्ला क्रिकेट संघको दोस्रो अधिवेशन भए सँगै खेलप्रेमीहरूले विराेध जनाउदै अाएका छन् । गत साउन २२ गते बन्दीपुरमा सम्पन्न अधिवेशनबाट निर्वाचित प्रतिनिधि अवैधानिक रहेकाे भन्दै विराेध जनाएका हुन्।हाल सम्पन्न अधिवेशनवाट चुनीएका प्रतिनिधिहरु साधारण सदस्य बन्नको लागि आवश्यक मापदण्ड समेत नपुगेको बैरेनी क्रिकेट क्लबका सागर घिमिरेले बताउनु भयाे । घिमिरेका अनुसार चुनिएका सदस्यहरुले प्रतिनिधित्व गरेर गएको क्लब कुनै पनि निकायमा आधिकारिक रुपमा दर्ता नभई फर्जी सर्टिफिकेट बनाएको तथा तनहुँ बाहिरका तनहुँलाई प्रतिनिधित्व गरेर कहिल्यै नखेलेका क्रिकेट एकेडेमीका सञ्चालक लगायतका व्यक्तिहरु समेत समितिमा रहेकाले समिति खाजेर हुनुपर्ने भन्दै असन्तुष्ट युवाहरुले आज प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशमा उक्त समितिको खारेजीको माग गर्दै निवेदन बुझाएका छन् । समितिको खारेजको माग गर्दै दमौली राइभल्स् क्रिकेट क्लबका प्रविन पौडेल, डिहीगाउँ क्रिकेट क्लबका बिनय भण्डारी र बैरेनी क्रिकेट क्लबका सागर घिमिरेले संयुक्त रुपमा आइतबार निवेदन बुझाएका थिए ।यश बिषयमा तनहुँ तरङ्ग टिभीले भिडियो समेत सर्वजानिक गरेकाे थियाे ।