तनहुँ १० वैशाख

तनहु तरङ्ग सम्वादाता

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा गृह मन्त्री डोवाटे बिकले नागरिकको शान्ति सुरक्षा गर्नु राज्यको दायित्व भएको बताएका छन् । तनहुँ सुनचाँदी व्यवसायी संघले शनिबार दमौलीमा आयोजना गरेको नवबर्ष २०७९ सालको पावन अवसरमा शुभकामना आदान प्रदान भित्तेपात्रो बिमोचना तथा व्यवसायिक परिचय वितरण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । ऐन,कानुनको दायरामा रहेर व्यवसायीले आफ्नो काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री  डोवाटेले बिक नागरिकको शान्ति सुरक्षा गर्नु राज्यको दायित्व दिनु पर्ने जोड

चोरी र बिल बिनाको सुनचाँदी खरीद गर्ने तर्फ व्यवसायीहरु सर्तकता अपनाउन सुझाव दिए । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहन कुमार बिकले व्यवसायीको सिजनको समयमा कच्चा पदार्थ नै बन्द गरिएपछि बैकल्पीक पेशातर्फ उन्मुख हुनुपर्ने अवस्था आएको बताए । यतिबेला राज्यमा आर्थिक संकट परेको छ । उनले भने, यवसायीको तर्फबाट राज्यलाई सहयोग गर्दै अघि बढ्नुपर्ने अवस्था आएको छ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख नारायण प्रसाद ढकालले व्यवसायीहरुले उपभोक्तालाई गुणस्तर बस्तु उपलव्ध गराउनुपर्नेमा जोड दिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सचिव केशबहादुर सुनारले व्यवसायीलाई आवश्यक पर्ने कच्चा पदार्थ बजारमा अभाव हुँदा सिजनको समयमा व्यवसायीहरु मारमा पर्नुपरेको बताए ।

मन्त्री  डोवाटेले बिक नागरिकको शान्ति सुरक्षा गर्नु राज्यको दायित्व दिनु पर्ने जोडमन्त्री  डोवाटेले बिक नागरिकको शान्ति सुरक्षा गर्नु राज्यको दायित्व दिनु पर्ने जोड

तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बि.क.को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य तेजबहादुर बिक,नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सहकोषाध्यक्ष पुर्ण बहादुर बिक,तनहुँ सुनचाँदी व्यवसायी संघका कानुनी सल्लाहकार अमृत बहादुर नेपाली,तनहुँ सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण सुनार,संघका उपाध्यक्ष हरि गहतराज,सचिव पदम सुनार लगायतका वक्ताहरुले व्यवसायीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा भित्तेपात्रो बिमोचना तथा व्यवसायिक परिचय वितरण समेत गरिएको थियो । संघमा आबद्ध १६६ व्यवसायीहरुलाई परिचयपत्र बितरण गरिएको थियो । कार्यक्रममा सहभागि प्रमुख अतिथी मन्त्री बिक,नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय निबर्तमान अध्यक्ष मोहन कुमार बिक,केन्द्रिय सचिव केशबहादुर सुनार,केन्द्रिय सदस्य तेजबहादुर सुनार,घरेलु तथा साना उद्योग कार्यालका प्रमुख नारायण प्रसाद ढकाल र नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सहकोषाध्यक्ष पुर्ण बहादुर बिक लगायतका अतिथीहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो ।