तनहुँको भिमाद नगरपालिकाले कृषि पेशा विद्यालयस्तरबाटै कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८० ÷८१ को नीति तथा कार्यक्रममा ‘विद्यालय कृषि शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको हो । नगरपालिकाले माध्यमिक तहका विद्यार्थीहरूलाई लक्षित गरी कृषि पेशा तर्फ आकर्षित गराउन विद्यालय कृषि शिक्षा कार्यक्रम’ सञ्चालन गर्ने नीति ल्याइएको नगरप्रमुख दधिराज सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार कृषि र पशुपालन नै क्षेत्रलाई व्यवसायीकरण गर्ने उद्देश्यले रहेको कृषि व्यवसाय प्रवद्र्धनका लागि आवश्यकता अनुसार सिचाई, हाट बजार लगायतका कृषि पूर्वाधार निर्माण गर्नेछौं’ । कृषि क्षेत्रबाट सञ्चालित कार्यक्रम वास्तविक लक्षित वर्ग भित्र पु¥याउनका लागि वास्तविक कृषकको पहिचान गरी किसान परिचयपत्र उपलब्ध गराउने, फलफूल तथा मसला बालीमा नगरलाई आत्मनिर्भर बनाई छिमेकी पालिका तथा बजारमा निकाशी गर्नका लागि फलफूल तथा मसलाबाली कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति ल्याएक नगरपालिकाले जनाएको छ ।