तनहुँको बन्दीपुर गाउँपालिका भित्र रहेका आधारभूत विद्यालयका अधिकाँश शिक्षकले अंग्रेजी माध्यमबाट पढाउन नसक्ने गरेको खुल्न आएको छ । नेपाली र सामाजिक बिषय बाहेक अन्य बिषयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्नुपर्ने भएपनि त्यो संम्भव नदेखिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसारअधिकाँश शिक्षकले अंग्रेजी माध्यमबाट पढाउन नसक्ने हुँदा गाउँपालिकाले क्लास रुम ल्याङग्वेजलाई प्राथामिकता दिएको छ । आधारभूत तहका शिक्षकले अंग्रेजी सरर बोल्न सक्नुपर्छ भन्ने उद्देश्यले एक हप्ते क्लास रुम ल्याङग्वेज तालिम प्रदान गर्न लागेको हो । गुणस्तर शिक्षाका लागि पढाईलाई नोक्सान नहुने गरी चरणबद्ध तरिकाले तालिम गर्ने योजना बनाइएको छ,उनले भने आगामी भदौ २०÷२१ बाट शुरु गर्ने तयारी गरिएको थापाले बताउनुभयो ।
बन्दीपुर गाँउपालिकामा छ मावि र पच्चीस वटा आधारभूत विद्यालय रहेका छन् । त्यसैगरी गाउँपालिकाले कार्य सम्पादनको सम्झौताको भदौ २२ गतेबाट परीक्षा गर्न लागेको गाउँपालिकाले जनाएको छ । कार्य सम्पादन सम्झौता विद्यालय प्रधानाध्यापकसंग र प्रधानाध्यापकले शिक्षकसंग सम्झौता गरेको छ । चौमासिक परीक्षाको आधारमा बिषयगत उपलव्धि फाराम भरेर सबै शिक्षकले कक्षागत रुपमा राख्नुपर्छ । उक्त कार्यलाई बन्दीपुर गाउँपालिकाले अनिवार्य गरेको छ । बिषयगत उपलव्धि निकाल्ने फाराम कुन शिक्षक कुन बिषयमा कति कमजोर छ भन्ने कुराको जानकारी उक्त फाराम भरेपछि जानकारी पाउन सकिने गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले जनाकारी दिनुभयो । हमालकमा अनुसार त्यस्ता शिक्षकलाई एक विद्यालयबाट अर्को सरुवा गरिदिने सोच बनाएको र गुणस्तर शिक्षाको लागि बैशाख महिनाबाट लागू हुने गरी कडाई ,अनुगमन कार्यको समेतको तयारी भैरहेको छ । साथै कक्षागत शिक्षक नपुगेका विद्यालयमा गाउँपालिकाले शिक्षक व्यवस्था गर्दै जाने योजना बनाएको गाँउपालिकाले जनाएको छ ।