सुरेश सुनार, तनहुँ पुष १६

सवारी चालक तथा सहचालकलाई अपसब्द दूध र भात जस्तै भएको छ । आईजा भन्दापनी अपशब्द नजोडि बोलाईदैन , जा भन्दापनी अपशब्द नजोडि भनिदैन । बिहान उठेदेखि सुरु भएको अपसब्दको बर्सात ननिदाउदा सम्म सकिँदैन । जन्म दिने बाबा– आमा, दाजुभाई तथा दिदिबहिनी जस्तो पबित्र शब्द – सम्बन्धको दुरुपयोग गरेर गालि दिँदा मजा मान्ने चालक तथा सहचालकहरुको स्वाभाब नै बनेको छ।
कतिपए यस्ता चालक तथा सहचालकहरु छन जुन निदाउँदा सपनामाधरी अपसब्द बोलेरा नै बर्बराउछन । तनहुँ जिल्ला व्यास नगरपालिका निवासि एक स्करपियो चालक आफैले आफु सपनामा बर्बराउदापनि अपसब्द बोलेको सुईकार गरेका छन । पहिला पहिला अपशब्द बोलेको सुन्दापनी लाज लाग्थ्यो तथ आजभोली अपशब्द बोल्ने साथिरुसंग धेरै संगत गर्दागर्दै अफुलाईपनी बोल्ने बानि बसेको उनले बताए । ट्याक्टर चालक , अटो चालक , एम्बुलेन्स चलाक, ट्याक्सि चालक, सार्वजनिक यातायात चलाउने चालक तथा सहचालक मात्र नभ प्राईभेट सवारी चलाउने चालकहरुपनी दुध र भात खाएजस्तै सजिलो संग अपशब्दहरु बोलेको प्रसस्त सुन्न सकिन्छ ।

 

तस्विर ः– सांकेतिक

तस्विर ः– सांकेतिक

देशभर छरीयर रहेका चालक तथा सहचालकहरुको बोलि अत्यान्तै छाडा भएको गुनासो आम सर्बसाधरणहरुले गरेतापनी सम्बन्धित निकायले केही कदम चाल्न सकेको छैन । प्रहरीले गर्ने अनुगमन तथा सवारी प्रशिक्षण कार्यक्रम औँसि पुर्न्य लागेजस्तै बेला बेलामा मिडियामा देखाउनकोलागि मात्र हुने भएकालेपनी चालक तथा सहचालकको बोली – ब्याबहारमा लापाबाहि आएको हुनसक्ने आमसर्बसाधरणले अनुमान गरेका छन ।

बिशेषगरि सर्बजनिक सवारीसाधनमा चढेका यात्रुहरुले बोल्ने सैलीमात्र नभई ब्याबहारीक रुपमापनी समस्या भोग्नुपरेको बताएका छन । सार्बजनिक यातायातमा चड्ने यात्रुहरुले आफु चाहेअनुसारको सवारी चड्न नचाहदापनि जबरजस्ति तानेर लैजाने गरेको बताएका छन । ब्यास न पा वा नं २ निवनसि एक यात्रु मनिता पन्थले आफु बस स्टेसनमा गन्तब्यको लागि उभिदा एकैपटक ३÷४ वाटा सवारीका सहचालकहरु आएर जबर्जस्ति मेरो सवारीमा जाम भनी तानातान गरेर सवारी चडाएको र लगिसकेपछि गन्तव्य नपुक्दै अर्काे सवारी परीबर्तन गरिदिएको बताईन ।
सवारीमा तानातान गर्दै लैजाने महङ्गो भाडा लिने एदि भनेबमोजीम नदिय गन्तब्यमा नपुक्दै छाडिदिने गरेको उनले बताएकी छन । आफ्नो रुट नभएपनी टाडाको सवारी यात्रु राख्ने र पूरा भाडालिई गन्तब्यमा नपुराई छाड्दा धेरै समस्या आएको यात्रुहरु बताउछन । बन्दिपुर गा पा वानं २ निवासि कुमार पौडेलले अधिकंस चालकहरुले सुन्नै नसक्नेगरी अपसब्द बोल्ने र सब्य बोली ब्याबहरको लागि अनुरोध गर्दा झैझगडा गर्न समेत अगि सर्ने गरेको बताए ।
जिल्लाका चालक तथा सहचालकलाई यो बिसयसंग सम्बन्धित भएर सम्वाद गर्दै तपाईहरुलाई अपसब्द बोल्दा समिति वा प्रहरीले कारवाहि गर्दैन ? भरेर हामिले प्रश्न सोध्दा चालकहरु भन्छन् हामिले भन्दा १० गुणा बडि अपसब्द प्रहरी ले र समितिका कर्मचारीले बोल्छन । जब उनिहरुनै बोल्छन त हामिलाई के कारबाहि गर्ने । उनिहरुको यो सब्दलाई मनन गर्दै प्रहरी र पृथ्वी समितिका ब्याक्तिहरुलाई सोध्दा उनिहरु आफु अपसब्द बोलेको सहर्स असुईकार गरेका छन । बृथ्बि राजमार्ग बस …. का अध्यक्ष … लाई चालक तथा सहचालकले बोल्ने सैलिप्रति प्रशिक्षाण तथा कारवाहि के कस्ता भएकाछन भनेर प्रश्न गर्दा उनिपनि कोरोनालाई देखाएर कुनै प्रशिक्षाण कार्यक्रम नगरेको जानकारी दिए ।
स्तानिय चालक तथा समितिका पदाधिकारीहरु आफै चालक तथा सहचालकहरुले बोल्ने सैलिका कारण उनिहरुलाई तथा यो पेशालाई आम सर्बसाधरणले इज्जत नगरेको बताएका छन।
अपसब्द र आचरसहिता सम्बन्धि बिसयमा चालक तथा सहचालक आफैले मनन गरेको भएतापनि बोल्न छाडेकोभने छैन्न। अपसब्द बोल्ने चालक तथा सहचालककलाई प्रशिक्षाण तथा कारवाहि गर्ने बिसयमा प्रहरी , प्रशासन तथा बिभिन्न समितिले बेलैमा ध्यान पुर्याउन समेत जरुरी देखिन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका ईन्चाज डोलेन्द्र बहादुर हमालसंग तनहुँ तरङ्गका सम्बादाता ले अपसब्द तथा सवारी अनुगमनको बिसयमा प्रस्न गर्दा कोरोनाका कारण पहिलाको तुलनामा सडक तथा अनुगमन कार्यमा कमि आएको हुनालेपनि सवारीचालक तथा सहचालकको बोलि ब्याबहारमा नकरात्मक परिबर्तन आएको हुनसक्ने बताए । उनले बोल्ने शैली र ब्याबहार भनेको आफैले सिक्नुपर्ने संकार हो , शैली , संस्का र इज्जत भनेको कसैलेपनी जबरजस्ति दिईने चिज हैन तेसैले चालक तथा सहचालकहरु आफै मनन् गर्नुपर्ने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यलयले आव ०७५÷०७६ मा २६ हजार ६ सय ४२ , आ व ०७६÷०७७ मा २१ हजार १ सय ५० , आ व ०७७÷०७८ मा २० हजार सवारीलाई कारवाहि गरीसकेको छ । गत आब देखि हालसम्म ३ हजार ९ सय ५७ ट्रक तथा टिपर , २ हजार ८ सय ९५ बस , ४ हजार ६ सय ३५ कार तथा जिप , १ हजार २७ ट्याक्टर , ७ हजार ३ सय ९६ मोटरसाईकल र अन्य १ सय ९० गरि जम्मा २० हजार १ सय सवारीलाई कारबाहि गरिसकेको छ । उक्त सवारिवाट १ करोड ३६ लाख ७३ हजार रुपैया राजस्वा उठिसकेको जिल्ला ट्राफिक प्रहरी कार्यलयका जवान अनिल पाण्डेले जानकारी दिए । यी मध्य कुनैपनी सवारी अपसब्द तथा गालिगलोचका कारण कारवाहिमा नपरेको उनले बताए । यदि अपसब्द एबं गालि गलोचमा निबेदन पेस हुनेहोभने जिल्ला प्रहरी कार्यलयमा निबेदन पेस गरि सिधा मुद्दा लड्न पाउने प्रब्धान रहेको छ ।