नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा कतारमा रहनुभएका महेन्द्रप्रसाद चम्लागाईले रु दुई लाख सहयोग गर्नुभएको छ । कतारमा स्थापित नेपाली व्यवसायी चम्लागाईले आज महासङ्घको बैंक खातामा कतारबाटै सहयोगस्वरुप उक्त रकम जम्मा गर्नुभएको महासङ्घका झापाका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।गिरीका अनुसार नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष चौम्लागाईले पत्रकारको सामाजिक सुरक्षा र दिगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ ।
बाह्रदशी गाउँपालिका–७ का स्थायी बासिन्दा चौम्लागाई अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष हुनुुहुन्छ । उहाँ २७ वर्षदेखि सपरिवार कतारमै बस्दै आउनुभएको छ ।महासङ्घ झापा शाखाले स्थापना गरेको उपचार कोष रु एक करोड पु¥याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब रु ७५ लाख जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।