तनहुँमा लगातारको वर्षाका कारण साना तथा ठुलो नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालय तनहुँले सबै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले मंगलवार सूचना जारी गर्दै डुबान हुन सक्ने, पहिरोको जोखिम बढी हुने स्थानहरु र नदि किनारमा बसोवास गर्नेहरूले पानी पूर्ण रूपमा नरोकिएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।मुसलधारे वर्षाले यस जिल्ला भएर बग्ने साना तथा ठुला नदीहरूमा पानीको बहाव वातै बढेको छ। पानी पर्ने कम अहिले ६ बजेसम्म रोकिएको छैन । डुबान हुन सक्ने, पहिरोको जोखिम बढी हुने स्थानहरु र नदि किनारमा बसोवास गर्नेहरूले पानी पूर्ण रूपमा नरोकिएसम्म उच्च सतर्कता अपनाउनु हुन ” उक्तसुचनामा उल्लेख गरेको छ ।साथै वर्षा पूर्ण रुपमा नरोकिएसम्म अत्यावश्यक काम परेको अवस्थामा बाहेक अन्य अवस्थामा उक्त सडकमार्ग भएर ठुलो सवारीसाधन संचालन नगर्न समेत अनुरोध गरेको छ । उक्त सडकमार्ग भएर ठुलो सवारीसाधन संचालन नगर्न समेत अनुरोध गरेको छ ।
