तनहुँ ब्यास न पा वडा नं १२ देउराली स्थित पृथ्बी राजमार्ग सडक खण्ड भासिन गई सडक अबरुद्ध भएको छ । उक्त सडक हाल एक तर्फि मात्र सुचारु रहेको ठुला सवारी साधन क्रस हुन नसक्ने भएकाले सडक बिस्तारको क्रममा सडकको दुवै तर्फ खनिएको स्थानमा खाल्डो परेको प्रहरी नायक उपरिक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । पृथ्वीराजमार्ग अबिरल बर्षाको कारण सडक भासिएको एकतर्फी संचालनमा आएपनि राजमार्ग भएर गुड्ने सयौं सवारीसाधानहरु रोकिन पुगेको प्रहरीले जनाएको छ ।
