व्यास १ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा एक दिने उद्ममशील ,नेतृत्व विकास एंव कानुन सम्बन्धी प्रशिक्षण कार्यक्रम नेपाल मगर विधार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईको अध्यक्ष निलिमा थापाको अध्यक्षतामा बुधबार सम्पन भएको छ । नेपाल मगर विधार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईको आयोजना र नेपाल मगर विधार्थी संघ जिल्ला कार्य समिति तनहुँको संरक्षकमा कार्यक्रम सम्पन भएको हो । कार्यक्रमको उद्‌घाटन गण्डकी प्रदेशका माननीय सदस्य अशोक कुमार श्रेष्ठले गर्नुभएको थियो । श्रेष्ठले यस्ता नेतृत्व विकास कार्यक्रमले विद्मार्थीहरुको थप हौसाला बढ्ने बताउनुभयो । त्यस्तै क्याम्पस प्रमुख महाप्रसाद हड्खले यस्ता कार्यक्रमका लागि आगमी दिनमा क्याम्पसको साथ र सहयोग रहने बताउनुभएको थियो ।

उक्त क्याम्पसमा गठन भई सञ्चालनमा रहेका १० विद्यार्थी क्लवहरूमा कृयाशिल पदाधिकारी सदस्यहरुका लागी प्रशिक्षण कार्यक्रम गरिएको क्याम्पस इकाईकाे सहसचिव उषा अाले जनाकारी दिनुभयो । उक्त प्रशिक्षण कार्यक्रम कुमार राना ,इन्द्र बहादुर आले , माया रानाले प्रशिक्षक गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमा श्रेष्ठ , नेपाल मगर विद्मार्थी संघका केन्द्रीय सदस्य बुद्ध गर्जा मगर ,क्याम्पस संचालक समिति सदस्य मोहन गिरी विभिन्न संस्थाका प्रतिनिधि लगाएतको उपस्थित रहेको थियो ।