सुरेश सुनार तनहुँ

व्यास नपा वडा नं १३ बाट युवा समाजसेवी  रेसम बि.क वडा अध्यक्ष पदका दरिला दाबेदार मानिएका छन । बि.क का          परिवार बाजेका पालादेखी नै पाटीमा सकृय भएर    लागिरहेको बताइएको छ । बाजे नेपाली काङग्रेसका सकृय सदस्य जुद्धबिर बि.क का नाती, नेपाली काङग्रेसका सकृय सदस्य एबं इन्डियान आर्मी बुद्धिबल बि.क का छोरा रेसम बि.क बिगत २५ बर्षभन्दा अगाडिबाट सामाजिक कार्य गर्दै आएको हुनालेपनी उनको दाबेदार बलियो देखिएको स्थानियहरु    बताउछन्  । आगामी बैशाख ३० गते हुनगई–   रहेको स्थानीय तहको निर्वाचनमा  नेपालीले नेपाली कंगे्रस पाटीबाट उमेद्धार दिन लागेका हुन ।

वैैदेशिक   रोजगारमा रहदा समेत आफ्नो गाँउघर सम्झिएर बिभिन्न सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएका उनी सोहि कार्यलाई   निरन्तरता दिदै वडा अध्याक्ष पदमा दाबेदार  दिएका हुन । उनले अध्यक्ष पदमा आकांक्ष राख्दै सामाजिक कार्यलाइ निरन्रता दिदै नमुना वडा बनाउने योजना राखेको बताएका छन् । उनी करीब २५ बर्षभन्दा अगाडिदेखि विभिन्न पाटि, सं–संस्थामा जिम्मे–वारी पदमा काम   गरीसकेका छन् ।

बि.सं २०५१ सालमा जनजागृदि माबि पोखरीभञ्ज्याङका ने बि संकको अध्याक्ष , २०५२ सालमा सोहि स्कुलमा जुनियर  रेडक्रसको अध्याक्ष, बन्दै विद्यालय जिवनदेखि नै   राजनीतिक र सामाजिक कार्यमा अग्रसर भएर लागेका उनि हालसम्मपनी सामाजिक कार्यमा नै ब्यास्त रहेका छन ।

 

 

उनी होमस्टे एसोसियसन ब्यास नगरको अध्याक्ष , होमस्टे एसोसियसन तनहुँको उपादक्ष, चिन्नी खानेपानीको अध्याक्ष दमौली –केसबटार–सुखौरा मोटर मार्गको दुई कार्यकाल सहसचिब , जनजाग्रिती मा.बि व्यास १३ को दुई कार्यकाल अध्याक्ष, दलित संग व्यास १३ को सभापती , समृद्ध सहकारीको ऋिण संयोजक, सोहि वडामा रहेको ठिङ्रिङ् पार्क को संयोजक, व्यास नगर दलित समन्वाय समितिको सदस्य, बिपद व्याबस्थापन व्यास १३ को सदस्य, व्यास भुमि दुर्घटना उपसमितिको सचिब, स्काउट जनजाग्रिती माबि को अध्यक्ष, छाब्दि खोला लिफ्टिङ खानेपानीको अनुगमन संयोजक, नेपालकै पहिलो दलित होमस्टे,  आपसरा सामुदाइक दलित होमस्टेको अध्याक्ष नेपाली कांग्रस व्यास १३ को सभापती, लगायत अन्य बिभिन्न सं–सस्था गरी करीब   २५÷३० वटा संस्थामा जिम्मेवारी पदमा काम गरेको अनुभब रहेको उनले बताएका छन ।

 

 

दलित, महिला दलित, महिला, अपाङ्ग, अशक्त तथा पिडितहरुको बिशेष सहायता गर्दै आएका बि.कको पाटिले टिकट दिएको खण्डमा जित सुनिश्चित रहेको स्थानीयहरु बताउछन् । व्यास १३ मा नेका बाटमात्र करीब १३ जना अध्यक्षको दाबेदार रहेका छन । पाटिले अनुभबि , मेहनती, दृर्ग भिजन भएको र काम गर्न सक्ने आट र सहास भएको ब्याक्ति चुन्ने हो भने बि.कलाई नै टिकट दिन जरुरी देखिएको वडा बासीहरुको भनाइ रहेको छ ।