तनहुँ १९ चैत्र
महोत्सवको दशौं दिन शनिबार दर्शकहरुको बाक्लो भीड लागेको थियो । शनिबार बिदाको दिन परेको र राष्ट्रिय ख्याति प्राप्त कलाकार शान्तिश्री परियारको प्रस्तुतिका कारण पनि दर्शकहरुको भीड बढेको हो । गायिका परियारको करिब आधा दर्जन गीत प्रस्तुतिमा दर्शकहरुले स्वरमा स्वर मिलाउँदै नाचेर साथ दिएका थिए । त्यसैगरी,अर्का कलाकार हरि कर्माचार्यको प्रस्तुतिले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।
महोत्सवमा ४० हजार दर्शकहरुले महोत्वसको अवलोकन गरेका छन् भने करिब ५० लाख बराबरको आर्थिक कारोबार भएको आयोजक समितिले जनाएको छ । महोत्सवमा दर्शकहरुको भीडले महोत्सवस्थल नै भरिभराउ देखिएको महोत्सवका प्रवक्ता ईमकुमार मल्लले जानकारी दिए । दर्शकहरुको भीडले व्यापारीहरुमा हौसला थपिएको उनले बताए ।
त्यसैगरी,महोत्सवको नवौ दिन शुक्रबार छेवाङ्ग लामाको प्रस्तुती हेर्न युवायुवतीहरुको बाक्लो भीड लागेको थियो । कार्यक्रमको स्टेजमा आउँदै गर्दा कलाकार लामालाई दर्शकहरुले हुटिङ लगाएर स्वागत गरेका थिए । कलाकार लामाले आफ्नो प्रस्तुतीमा दर्शकहरुलाई जुरुक जुरुक नचाएर मनोरञ्जन प्रदान गरेका थिए ।
त्यसैगरी कलाकार बसन्त बिश्वकर्माको एकल प्रस्तुती र मधु थापासंगको दोहोरीले पनि दर्शकहरुलाई भरपुर मनोरञ्ज्न प्रदान गरेको राष्ट्रिय कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहेका कारण शुक्रबार पनि दर्शकहरुको उल्लेखनीय भीड लागेको थियो ।
शनिबार साँझ लाइभ कन्र्सट हुने
त्यसैगरी शनिबार साँझ लाइभ कन्र्सटको आयोजना गरिएको छ । साँझ ७ बजे देखि शुरु हुने उक्त कन्र्सटमा सिर्जना खत्री,हाउडे मायाको बेजोड प्रस्तुती रहने छ । प्रवेशको लागि टिकट रु.दुई सय कायम गरिएको छ ।
मादीसेतीमा संञ्चालन गरिएको मोटर बोट दर्शकहरुको आर्कषण बनेको छ । रु. एक सय ५० शुल्कमा मोटरबोटमा चढेर सरर…. आनन्द लिन पाएपछि दर्शकहरु मख्ख छन् । त्यसैगरी महोत्सवस्थल घोडामा चढेर आनन्द लिनेको संख्या पनि कमि देखिदैन् । दमौली बजार आसपास घोडा चढ्ने मज्जा लिने युवायुवतीहरुको पनि उत्तिकै भीड लाग्ने गरेको छ ।
रमाइलो मेलामा पीङ खेल्ने दर्शकहरु खचाखच भीड लागेको छ भने व्यापारिक स्टलहरुमा पनि सामान किन्नेहरुको राम्रै भीड लागेको आयोजक समितिले जनाएको छ ।
महोत्सव एक दिन थप ः
त्यसैगरी महोत्सवको अवधि एक दिन थप गरिएको छ । व्यपारीहरुको बिशेष अनुरोधमा एक दिन समय थपिएको हो । २० गते आइतबार समापन गरिने भनिएको महोत्सवको चैत्र २१ गते सोमबार समापन गर्ने कार्यक्रम रहेको छ । नेपाल सरकरका गृहमन्त्री बालवृmष्ण खाँणको प्रमुख आतिथ्यतामा समापन गरिने महोत्सव मुल समारोह समितिका संयोजक पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।