दमौली ,१७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले स्थानीय तह निर्वाचन अगाडि पार्टीका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीको कार्वाही फिर्ता गर्नुपर्नेमा जोड दिएका छन ।
पूर्व सह–महामन्त्रीको कार्वाही फिर्ता नहुँदा तनहुँका स्थानीय तहहरुमा निर्वाचनमा असर पार्ने हुँदा तत्काल कार्वाही फिर्ता गर्नुपर्ने के।स।भण्डारीको भनाई छ ।के।स।भण्डारी बिहिबार राजधानीमा बसेको कांग्रेसको केन्द्रीय चुनाव परिचानलन समितिको बैठकमा सो धारणा राखेका हुन् । अन्य पार्टीसंग गठबन्धन गर्न तयार भएको कांगे्रसले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई एक बनाएर लैजाउनुपर्ने धारणा समेत व्यक्त गरेका थिए । कांग्रेस कार्यकर्ताहरुको भावनामा ठेस पुग्ने हिसाबले गठबन्धन गर्न नहुने समेत के।स।भण्डारीको भनाई थियो ।बैठकमा के।स।भण्डारीले अघिल्लो स्थानीय तह निर्वाचनमा प्राप्त मतका विषयमा समेत मूल्याङकन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
बैठकमा चुनाव परिचालन समितिका संयोजक एवं पार्टी उपसभापति पूर्णबहादुर खड्का अर्का उपसभापति धनराज गुरुङ लगायतका समितिका अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।