निर बहादुर खड्का
स्थानिय तहकोे पाँचबर्षे कार्यकाल लगभग सकिसकेको छ । हिजो चुनाबको बेलामा गरेका प्रतिबद्धताहरु के के पुरा भए ? हाम्रो वाडा हाम्रो पालीकामा के बिकाश भयो त ? पाँच बर्षमा यो सरकारले के गर्यो त ? भन्ने स्थानियको प्रश्नलाई मध्यनजर गर्दै यतिबेला बिभिन्न तहबाट उब्जेका प्रश्नको जबाफ सोरुप र आफुले गरेका गतिबिधिहरु आम जनमानसमा पुराउन जनप्रतिनिधिहरु लागि परीरहेका छन । जनताको प्रश्नलाइ हामिले जनप्रतिनिधिसमक्ष राखि जनप्रतिनिधिबाट प्रतक्ष पाँच बर्षे प्रगति बिबरण वा पाँच बर्षमा जनप्रतिधिले गरेको कामवार्य उहाँकै सैलिमा उहाँकै शब्दमा जस्ताकोतस्तै पकाशित गरेका छौँ । व्यान नपा वाडा नं ११ का अध्यक्ष निर बहादुर खड्काले ५ बर्षमा गरेको बिकाश र्निमाण योजना तथा प्रगती बिवरणहरु उहाँकौ शब्द यसप्रकार रहेको छ ।
व्यास न.पा वडा नं ११ को पृष्ठभुमी र विकास
२०७२ साल संविधान निर्माण संगै देश संघिय प्रणालिमा गएपछि व्यास न.पा वडा नं ११ को भुगोल तनहुँसुर गा.वि.सको ४, ५, ७ र ९ नं वडा, साविक घाँसिकुवा गा.वि.स को ६ नं वडा र व्यास नगरको ३ र ४ नं वडा मिलेर वनेको छ । भुगोल र मतदाताको हिसावले यस वडा सवै भन्दा ठुलो रहेको छ । १६०० घरधुरी संख्या रहेको यस वडामा ५१६६ मतदाता रहेको छ, जातिय हिसावमा क्षेत्री व्राहमण गुरुङ्ग, दुरा भुजेल चेपाङ्ग मगर दलित लगायतका जातजातीहरुको वसोवास रहेको छ । यसको उत्तरी सिमाना भानु ६ सिमपानी देखि दक्षिणी सिमाना तालघरे सम्म १९ कि.मी मोटर वाटो र पुर्वी सिमाना ढुंगागाडे देखि पश्चिम सिमाना अंधेरीभञ्ज्याङ्ग सम्म करिव ११ कि.मि मोटर वाटो भित्र पर्दछ । सवै भन्दा अग्लो ठाउँ तनहुँसुर १२४५ मि. उचाई छ यस वडामा ऐतिहासिक तथा पुरातात्विक महत्व वोकेको सेन वंसिय राजाहरुले सासन गरेको दुई सय वर्ष भन्दा पुरानो इतिहास रहेको छ, यस वडा धार्मिक पुरातात्विक, एतिहासक मात्र नभई कृषि र पशु पालन संम्वन्धि थुप्रै संभावना वोकेको वडा हो । यस वडामा पछिल्लो समय औधोगिक क्षेत्रको पनि विकास भएको छ, खानी उद्योग, कृषि चुन उद्योग, कृषि र पशुपालनमा पनि ठुलो संख्यामा उद्योग कम्पनीमा दर्ता भएर व्यवसाय संचालनमा छन् पर्यटन यस वडाको अर्को ठुलो सम्भावना वोकोको क्षेत्र रहेको छ, होमस्टेहर दर्ता गरेर दुई वटा संचालनमा छन् भने पर्यटन विकासका लागि प्रचार प्रसार, तालिम, गोष्ठी, सेमिनार मेराथुन डौड प्रतियोगिता आदी जस्ता गतिविधीका कारण आन्तरिक पर्यटकहरुको घुईचो लाग्दा गाउँ छाडेर अन्यत्र गएर वसोवास गर्ने मानिसहरुपनि विस्तारै आफ्नो थलो सोधीखोजी आउन थाल्नुभएको छ, यो पनि सकरात्मक सुरुवात हो भन्न सकिने अवस्था छ ।
स्थानिय निर्वाचन २०७४ सालमा सम्पन्न भएपश्चात यस वडामा भए गरेका महत्वपुर्ण कामहरु तपशिल वमोजिम रहेको कुरा सार्वजनिक गर्न चाहन्छु यस वडामा यो ५ वर्षे अवधिमा केन्द्रिय सरकार प्रदेश सरकार नगरपमलिका वडा कार्यालय अन्य विभिन्न पुर्वाधार विकासका कार्यालयहरुवाट करिव ५१ करोड वरावरको विकासका कृयाकलापहरु पुर्वाधार लगायत आर्थिक विकासमा लगानी भएको छ । जुन संक्षिप्त रुपमा प्रस्तुत गर्दछु ।
१ खानेपानी
यस वडामा १६०० घरधुरी मध्ये ७८० घरधुरीमा १ घर १ धार सम्पन्न भएका छन् भने ३८० घरधुर।ीमा निर्माणधिन अवस्थामा छन् यो अवधिका खानेपानी शिर्षकमा करिव ७ करोड ६४ लाख को काम सम्पन्न भएको छ ।
२ सडक तर्फ
यस वडामा मुख्य मुख्य वाटो तथा शाखा वाटाहरु करिव ४५ वटा रहेका छन्भने सवै वाटोहरु वाह्रै महिना गाडी चड्ने अवस्थामा छन् भने यस अवधिमा पक्की नाला सहितको ११.५ कि.मि पिच सम्पन्न भएको छ । आगामी वर्ष पराशर मोटर मार्ग चौडा र पिच गर्न वल्ड वैंक संग सम्झौता गरी काम सुरु हुने अवस्था छ । यस अवधिका सडक शिर्षकमा करिव १८ करोड वरावरको वाटो सुधार तथा स्तरउन्नती गरिएको छ ।
३ भवन तर्फ
यस वडामा ३५ वटा टोल विकास संस्थाहरु रहेकोमा सवै टोलहरुलाई सामुदायिक भवन निर्माण गर्नुपर्ने अवस्थामा यस अवधिमा २७ वटा सामुदायिक भवन सम्पन्न हुने क्रममा छन् । यस शिर्षकमा करिव १ करोड ४० लाख लगानी भएको छ ।
४ शिक्षा तर्फ
यस वडामा ८ वटा सरकारी विद्यालय छन् भने निजी श्रोतका वोर्डिङ्गहरु ४ वटा रहेका छन् पुर्वाधारका हिसावले यस अवधिमा सवैजसो स्कुलहरु सुविधा सम्पन्न हुने क्रममा छन् स्कुलको गुणस्तर सुधारका लागि कम्प्युटर, लाइव्रेरी अन्य विभिन्न उपकरणहरु जडान भई गुणस्तर वृद्धिका लागि सहयोग पुग्ने कृयाकलापहरु अगाडी वढेका छन् यस अवधिमा करिव २ करोड ८० लाख वरावरको काम सम्पन्न भएको छ ।
५ स्वास्थ्य तर्फ
यस वडामा १ मात्र स्वास्थ्य चौकी तनहुँसुरमा रहेकोमा वडाको भुगोल र वस्तीको कारण वडा कार्यालय नजिक वेल्टारीमा शहरी स्वास्थ्य चौकी निर्माण गर्ने लक्ष्यका साथ हाल सेवा कार्यालयको रुपमा सेवा प्रभाह गरिँदै आएको छ , यस शिर्षकमा करिव ३ करोड २५ लाख पुर्वाधार निर्माण उपकरण, औषधि लगायतको शिर्षकमा खार्च भएको छ ।
६ लक्षित वर्ग
लक्षित तथा समावेशितालाई ध्यान दिएर पछाडी परेका वर्गलाई अगाडी ल्याउनका लागि भवन, संग्राहलय, तालिम गोष्ठी अध्ययन अवलोकन भ्रमण उत्पादन संग जोडिने गतिविधीहरु परम्परागत पेशा व्यवसायलाई मर्यादित र स्तरउन्नती गरिएको छ यस अवधिका करिव २५ लाख १५ हजार वरावरको काम सम्पन्न भएको छ ।
७ खेलकुद तर्फ
यस वडाको फर।ाकचौर स्थित कोलढुंगा खेल मैदान तयार गरी करिव ग्राउण्ड तयारी अवस्थामा पुगेको छ भने रामथुम्कीमा फुटवल मैदान निर्माणधिन अवस्थामा छ वडा कार्यालय नजिक र रानीगाउँ स्थित व्यटमिण्टन कोड सम्पन्न हुने क्रममा छन् यस अवधिका क्लवहरुले विभिन्न समयमा खेलकुदको आयोजना गरी खेलला सहयोग गर्ने तथा पुर्वाधार निर्माणमा करिव ४० लाख वरावर खर्च भएको छ ।
८ पर्यटन
यस वडामा पर्यटन विकासका लागि विशेष गरी तनहुँसर क्षेत्रमा वाटोको वुर्वाधार तयारी होमस्टे दर्ता पर्यापर्यटन तथा अन्य पर्यटनलाई आकर्षण वढाउन इको ट्रेक को अवधारणा अगाडी वढाई चौतारा सिंढी निर्माण लगायतको क्षेत्रमा लगानी गरिएको छ पर्यटन संग सम्वद्ध विभिन्न तालिम गोष्ठी प्रचार प्रसार लगायतका थुप्रै गतिविधीहरुका कारण पर्यटकहरुको घुईचो वढ्न थालेको छ । यो अवधिमा करिव १ करोड ४० लाख वरावर खर्च भएको छ ।
९ पक्की पुल तथा साना पुल
यस वडामा मुख्य गरी वुल्दी खोला, सिसा खोला, वोर्धन खोला लगायतका खोलाहरु पर्दछ वडा कार्यालय सम्म आवतजावतका लागि वडा पँहुच मार्गको विकास गरी वुल्दी खोला वोर्धन खोलाहरुमा चार वटा कज्वे पुल निर्माण गरिएको छ । यसै अवधिका सेरा नजिक वुल्दी खोलाको दिपिआर तयार गरी पक्की पुल निर्माणको लागि प्रकृया अगाडी वढेको छ । यस शिर्षकमा करिव ६ करोड ५० लाख वरावरको पुर्वाधार निर्माणमा खर्च भएको छ ।
१० मठमन्दिर
धार्मिक हिसावले यस वडामा विभिन्न पुरातात्विक महत्व राख्ने खड्गकाली मन्दिर, भगवतीपानी मन्दिर निर्वुवराह मन्दिर शिवालयहरु मनकामना आश्रम राम मन्दिर रामथुम्की लगायत अन्य थुप्रै मठमन्दिरहरु निर्माण भएका छन् यस अवधिका यो शिर्षकमा १ करोड वरावरको पुर्वाधार निर्माण भएको छ ।
११ कृषि तथा पशु पालन
यस वडा कृषि र पर्यटनको सम्भावना वोकेको यस वडामा नगरपालिकाको प्राथमिकता पनि रहेको साथै नितीगत निर्णय तथा वजेट विनियोजन गरी कृषि र पर्यटनका पुर्वाधार निर्माण विभिन्न शिर्षकमा अनुदानका कार्यक्रमका कारण तालिम लगायत अन्य थुप्रै गतिविधीले कृषि क्षेत्रमा व्यवसायिकरण भई स्वरोजगार सिर्जना भएको छ यसै समयमा गोरु पाल्ने किसानहरुलाई फलामे हलो वितरण कार्यक्रम लगायतका अनुदानमा करिव २ करोड १० लाख लगानी भएको छ ।
१२ विद्युत तर्फ
यस वडामा अकिांस ठाउँहरुमा काठका पोलहरु भएकोमा सो पोलहरुलाई विस्थापन गर्नका लागि फलामे पोल फेर्ने सहरी वत्ती जडान गरी उज्यालो वडा वनाउने गरी काम सुरु भएको छ भने यो शिर्षकमा ४५ लाख वरावर खर्च भएको छ ।
१३ विपद तर्फ
यस अवधिमा थुप्रै विपदहरुको सामना सवैले गर्नुप¥यो कोरोनाको कहर, वाढी पहिरो लगायतका थुप्रै क्षतिको सामना गर्नुप¥यो यसै अवधिमा १ जना पहिरोको कारण दुखद निधन समेत व्यहोर्नुप¥यो । सो विपदलाई सचेतना पुर्वक सामना गर्न विभिन्न राहत तथा पुर्वाधार निर्माणमा करिव ७० लाख वरावर खर्च भएको छ ।
१३ कोल्ड स्टार
यस वडाको गैरावारी टोल स्थित कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई स्टोरेज गर्नका लागि नगर स्तरिय कोल्ड स्टोर निर्माणका लागि करिव ३ करोडको लागतमा भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यो शिर्षकमा करिव ३ करोड खर्च भएको छ ।
१४ खरको छाना मुक्त वडा
यस वडामा पानी चुहिने फुसका छानाहरु भएका नागरिकहरुका लागि सुरक्षित आवास निर्माण गर्न खरको छाना मुक्त वडा घोषण निति लिएर वजेट छुट्याई ५७ घरधुरीलाई टिन उपलव्ध गराई सुरक्षित आवास निर्माणमा करिव २४ लाख वरावरको काम सम्पन्न भएको छ ।
१५ सामाजिक सुरक्षा भत्ता
सामाजिक सुरक्षा भत्ता वैंकहरुवाटनै वितरण गर्ने प्रणालिलाई सहजता गर्नका लागि नगरपालिकामा सवै वैंकहरु संग वैठक गरी वडा बाटै भत्ता वितरण गर्नका लागि सहजता गरिएको छ ।
१६ झैझगडा मुद्धा
वडामा हुने सानातिना झैझगडा मुद्धाहरुलाई वडामानै मिलाउने प्रयास स्वरुप वडामा मेलमिलाप केन्द्र स्थापना गरी करिव १५ वा मुद्धाहरु मेलमिलाप गरिएको छ ।
१७ वडा कार्यालय
सम्पुर्ण वडावासीहरुलाई वडा कार्यालय वाटै गरिने सेवा प्रभाहका लागि अत्याधुनिक वडा कार्यालय भवन निर्माण गरी आफ्नै कार्यालयवाट सेवा प्रदान गरिएको छ जन करिव ५० लाख खर्चमा निर्माण सम्पन्न भएको छ ।
१८ पार्क निर्माण
यस वडामा फुलैफुलको वगैंचा सहितको कोभिड पार्क निर्माणका लागि करिव ५० रोपनी जग्गा छुट्याई रातामाटा टोल विकास संस्था अन्तर्गत वेल्थुम्की डाँडामा पार्क निर्माणको लागि यसै वर्ष देखि निर्माण कार्य सर हुने गरी रु १० लाख छुट्याई कार्य प्रारम्भ गरिएको छ ।
अन्तमा यो पाँच वर्षे अवधिमा विकास निर्माण लगायत अन्य थुप्रै कृयाकलापहरु अगाडी वढिरहँदा सकरात्मक सुचकहरु देखिएका छन् यस ५ वर्षे अवधिको सवै नागरिक विच भए गरेका विभिन्न गतिविधीहरुले वडामा केही गर्न प्रयास गर्न सकेकी भन्ने अनुभुती हुन्छ । वाँकी मुल्याङकन नागरिकहरुलाईनै जिम्मा दिंदै यि हरफहरु वन्द गर्दछु ।
जय नेपाल
निर बहादुर खड्का
वडा अध्यक्ष व्यास ११