टिप नेपो तनहुको पदस्थापना सम्पन्न दमौलिमा सामाजिक कार्यमा सकृय रहेको टिम नेपो तनहुको शनिबार दमौलिमा पदस्थापना सम्पन्न भएको छ । वर्ष २०२२/२३ का अध्यक्ष रवि अधिकारी ले वर्ष २०२३/२४ को अध्यक्ष मा पबित्रा भुजेल लाई पदस्थापना गराए । भुजेल टिप नेपो तनहुमा पहिलो महिला अध्यक्ष हुन ।कार्यक्रममा टिप नेपो गण्डकि प्रदेश सयोजक प्रवेश पण्डितले वर्ष २३/२४ कि अध्यक्ष भुजेललाई सपथ ग्रहण गराएका थिए । पण्डितले आगमि वर्षमा पनि सस्थाले सामजिक कार्यलाई जोड दिदै अघि बढनु पर्ने बताए । टिम नेपो बागमति प्रदेश सयोजक सृस्टि पौडेल ले सस्था मार्फत समाजमा आफ्नो पहिचान बनाउन सकिने बताईन । क्लबका अध्यक्ष भुजेलले आफ्नो कार्यकालमा गर्ने कार्यक्रमहरु प्रस्तुत गरिन । वर्ष २०२२/२३ का अध्यक्ष अधिकारी को सभापतिव्तमा सम्पन्न उक्त कार्यक्रमा पुर्व अध्यक्ष मिन कुवर , वोर्ड सदस्य उमेश पौडेल लगायत ले बोलेका थिए ।
